सिम्रिक एयरले प्राधिकरणलाई तिर्यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध हट्यो

सिम्रिक एयरले प्राधिकरणलाई तिर्यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध हट्यो

अर्थ डबली
आइतवार, साउन २८ २०८०
अर्थ डबली
आइतवार, साउन २८ २०८० (अर्काइभ बाट)
  • सिम्रिक एयरले प्राधिकरणलाई तिर्यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध हट्यो

    काठमाडौँ / सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बक्यौता चुक्ता गरेको छ ।

    images
    images

    लामो समयदेखि बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकणले सिम्रिक एयरको जहाज नै ग्राउण्डेड गरेपछि कम्पनीले ५५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले उक्त रकम आइतबार बुझाएको प्राधिकरणले जनाएको छ । 

    यससँगै प्राधिकरणले सिम्रिकको उडानमा लगाएको प्रतिबन्ध समेत हटेको छ । यसअघि प्राधिकरणले गत बिहीबार सिम्रिकका सबै हेलिकप्टरको उडान रोकेको थियो । प्राधिकरणले शुक्रबारदेखि कम्पनीका सबै उडानमा प्रतिवन्ध लगाएको थियो ।

    बक्यौता रकम भुक्तानी नगरेको तथा प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाईएकोे प्राधिकरणले जनाएको थियो ।

    प्राधिकरणले दिएको समय अगाडि नै उडान रोकेर अधिकारको दुरुपयोग गरेको आरोप सिम्रिकले लगाएको थियो ।

    कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि भुतानी गरेको थिएन ।

    साताको लोकप्रीय