सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५६ करोड ६५ लाख रुपैयाँ, अन्य सूचकमा प्रगति कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५६ करोड ६५ लाख रुपैयाँ, अन्य सूचकमा प्रगति कति ?

अर्थ डबली
मंगलवार, साउन ३० २०८०
अर्थ डबली
मंगलवार, साउन ३० २०८० (अर्काइभ बाट)
  • सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५६ करोड ६५ लाख रुपैयाँ, अन्य सूचकमा प्रगति कति ?

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्सको नाफा १६३.९९ प्रतिशतले बढेर ५६ करोड  ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २१ करोड ४६ लाख रुपैयाँ रहेको थियो । 

    यस्तै, असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आर्जन २८.०१  प्रतिशतले बढेर ३ अर्ब २५  करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन  २ अर्ब ५४ करोड थियो । 

    कम्पनीको जीवन बीमा कोष ४३ दशमलव १६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ६९ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ९२ करोड ९० लाख  पुगेको छ ।

    कम्पनीले गत आर्थिक वर्ष ९१ करोड ६७ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड पुगेको छ ।

    साताको लोकप्रीय