गत आर्थिक बर्षमा देशको वित्तीय अवस्था कस्तो रह्यो ? हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क

गत आर्थिक बर्षमा देशको वित्तीय अवस्था कस्तो रह्यो ? हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क

बार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ भने आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ ।

अर्थ डबली
शुक्रवार, भदौ १ २०८०
अर्थ डबली
शुक्रवार, भदौ १ २०८० (अर्काइभ बाट)
  • गत आर्थिक बर्षमा देशको वित्तीय अवस्था कस्तो रह्यो ? हेर्नुस् राष्ट्र बैङ्कको तथ्याङ्क

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले गत आर्थिक बर्ष असार मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म देशको बार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ भने आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । 

    images
    images

    अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्क रहेको छ । 

    गत आवको असार मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ । 

    समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

    वास्तविक क्षेत्र

    राष्ट्रिय तथ्याङ्ग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि उत्पादकको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत, उद्योग क्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान छ ।

    आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.१२ प्रतिशत, १३.४५ प्रतिशत र ६२.४३ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६.४१ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २५.२१ प्रतिशत र ३१.६६ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा कुल विद्युतको जडित क्षमता वृद्घि भई २६८४.४ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युतको २५३७.९ मेगावाट, सोलारको ८७ मेगावाट, कोजेनेरेसनको ६.० मेगावाट र थर्मलको ५३.४ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।
    आर्थिक वर्ष २०७९/८० मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा वर्षमा पर्यटक आगमन संख्या ८,६२,९९२ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा उक्त संख्या ३,७४,१४७ रहेको थियो ।

    मुद्रास्फीति 
    उपभोक्ता मुद्रास्फीति 

    आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो। 

    अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ । 

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ । 

    २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।

    खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 

    आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो। 

    २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो। 

    गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति 

    आर्थिक वर्ष २०७९/८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो। 

    २०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो।

    क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 

    आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो। 

    २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७० प्रतिशत, तराईमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत रहेको थियो।

    नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति 

    २०८० असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । सन् २०२३ जुलाई महिनामा भारतकोपनि यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ ।

    थोक मुद्रास्फीति 

    आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत थोक मुद्रास्फीति ८.४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ९.५१ प्रतिशत रहेको थियो। 

    २०८० असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.९८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति १२.७४ प्रतिशत रहेको थियो। 

    तलव तथा ज्यालादर सूचकाङ्क

    आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो। 

    २०८० असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार महिनामा यस्तो सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ७.६८ प्रतिशतले वृद्धि भएको छ । 

    बाह्य क्षेत्र वैदेशिक व्यापार 

    आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई रु.१५७ अर्ब १४ करोड कायम भएकोछ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

    समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई रु.१६११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ । 

    निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु.१४५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो। 

    समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१५४ खर्ब ४२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात रु.२१३ अर्ब ५३ करोड बराबरको भएको थियो। 

    वैदेशिक व्यापारको संरचना 

    वृहत्त आर्थिक वर्गीकरणअनुसार आर्थिक वर्ष २०७९/८० मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.७ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.५ प्रतिशत, ०.०४ प्रतिशत र ५२.४ प्रतिशत रहेको थियो। 
    समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५२.० प्रतिशत, १०.१ प्रतिशत र ३७.९ प्रतिशत रहेका थिए ।

    निर्यात–आयात मूल्य सूचकाङ्क 

    वार्षिक विन्दुगत आधारमा २०८० असार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ग्लष्त ख्बगिभ क्ष्लमभह० ३.४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ५.३ प्रतिशतले घटेको छ । २०७९ असार महिनामा १०.१ प्रतिशतले घटेको व्यापारको शर्त २०८० असार महिनामा ९.२ प्रतिशतले बढेको छ । 

    सेवा 

    आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय रु.८३ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय रु.१०८ अर्ब १२ करोडले घाटामा रहेको थियो। 

    समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.३२ अर्ब ४५ करोड रहेको थियो। 

    समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई रु.१४४ अर्ब ४६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१०० अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.६७ अर्ब ७० करोड रहेको थियो।

    विप्रेषण आप्रवाह 

    आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई रु.१२२० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो। 

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।

    समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो। 

    चालु खाता एवम् शोधनान्तर स्थिति 

    आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

    समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ५६ करोड रहेको थियो।

    समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति 

    २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई रु.१३४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई रु.१९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । 

    सञ्चिति पर्याप्तता सूचक 

    आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । 

    बाह्य लगानी स्थिति

    २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.१६५४ अर्ब ५० करोड तथा दायित्व रु.१७२९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.७४ अर्ब ९० करोडले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.२७१ अर्ब ३४ करोडले घाटामा रहेको थियो। 

    कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 

    अन्तर्राष्ट्रिय बजारमा २०७९ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ११२.२६ रहेको कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०८० असार मसान्तमा ३२.९ प्रतिशतले घट्न गई अमेरिकी डलर ७५.३२ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ असार मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०६.१५ रहेकोमा २०८० असार मसान्तमा १४.५ प्रतिशतले वृद्घि भई अमेरिकी डलर १९५३.७० कायम भएको छ ।

    विनिमय दर

    २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको थियो। २०८० असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३१.१७ पुगेको छ । २०७९ असार मसान्तमा उक्त विनिमय दर रु.१२७.५१ रहेको थियो। 

    सरकारी वित्त स्थिति

    नेपाल सरकार

    वित्त घाटा/बचत

    आर्थिक वर्ष २०७९/८० मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.४८६ अर्ब ८९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.२६३ अर्ब ६७ करोडले घाटामा रहेको थियो। 

    खर्च तथा राजस्व 

    नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल खर्च रु.१२९६ अर्ब २४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च रु.१४२९ अर्ब ५६ करोड रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः रु.१००५ अर्ब ७६ करोड, रु.२३३ अर्ब ७० करोड र रु.१९० अर्ब ११ करोड रहेको छ । 

    आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.९५७ अर्ब१५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.१०६७ अर्ब ९६ करोड रहेकोथियो। आर्थिक वर्ष २०७९÷८० मा अन्य प्राप्तिसमेत गरी नेपाल सरकारले रु.१०१० अर्ब ३९ करोड स्रोत परिचालन गरेको छ ।

    ऋण परिचालन

    आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले रु.२५६ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ भने रु.११५ अर्ब ९ करोड साँवा भुक्तानी गरेकोछ । यसर्थ, यस अवधिमा रु.१४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१०२ अर्ब १२ करोड वाह्य ऋण परिचालन गरेको छ । 

    २०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रु.२२१८ अर्ब ५४ करोड पुगेको छ । जसमध्ये, वाह्य ऋण रु.१०९३ अर्ब ३५ करोड र आन्तरिक ऋण रु.११२५ अर्ब १९ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ३) ।

    नगद मौज्दात 

    २०८० असार मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

    प्रदेश सरकार 

    आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको बैंकिङ्ग कारोबारमा आधारित कुल खर्च रु.२०४ अर्ब १८ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१९९ अर्ब ५५ करोड रहेको छ । यसमध्ये नेपाल सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१४८ अर्ब ६७ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.५० अर्ब ८८ करोड परिचालन गरेका छन्।

    मौद्रिक स्थिति 
    मुद्राप्रदाय

    आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको थियो। 
    समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.२९० अर्ब ५२ करोड (२६.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति रु.२५५ अर्ब २६ करोड (१९.१ प्रतिशत) ले घटेको थियो।

    समीक्षा वर्षमा सञ्चित मुद्रा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा ११.४ प्रतिशतले घटेको थियो। 

    कुल आन्तरिक कर्जा 

    आर्थिक वर्ष २०७९/८० मा कुल आन्तरिक कर्जा ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १४.५ प्रतिशतले बढेको थियो। 
    समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ३४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी २६.६ प्रतिशतले बढेको थियो। 

    समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी १३.३ प्रतिशतले बढेको थियो। 

    निक्षेप परिचालन 

    समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो।
    २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो। 
    २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो।

    कर्जा प्रवाह 

    समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो।

    समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो। 

    समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ । 

    २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेकोथियो।

    आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ । 

    समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ । 

    तरलता व्यवस्थापन

    आर्थिक वर्ष २०७९/८० मा रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२२८६ अर्ब ९० करोड गरी कुल रु.५५१८ अर्ब १९ करोड (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ भने रिभर्स रिपोमार्पmत रु.८८ अर्ब २० करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.२० अर्ब गरी कुल रु.१०८ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत पटकपटक गरी खुद रु.९६४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो। 

    समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खूद खरिद गरी रु.७१२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९१ करोड खूद खरिद गरी रु.३५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको थियो।

    समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी रु.५९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ९२ करोड बिक्री गरी रु.५९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो। 

    पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा

    यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० असार मसान्तमा रु.१ अर्ब ५० करोड लगानीमा रहेको छ । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल १ लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको रु.१९७ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको रु.१३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको रु.५८ अर्ब ३८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७१० ऋणीको रु.२ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । 

    “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असार मसान्तमा रु.७० करोड ९४ लाख बक्यौता भएको छ ।

    अन्तर–बैंक कारोबार 

    आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुबीच रु.३९४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच रु.३५२ अर्ब ७ करोड गरी कुल रु.४२९४ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच रु.२७८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरुबीच रु.३१६ अर्ब २५ करोड गरी कुल रु.३१०० अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको थियो।

    ब्याजदर 

    २०७९ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.६६ प्रतिशत रहेकोमा २०८० असारमा ६.३५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असारमा ६.९९ प्रतिशत रहेकोमा २०८० असारमा २.९८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०८० असारमा ३.१४ प्रतिशत रहेको छ । 

    वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ असारमा ९.५४ प्रतिशत रहेकोमा २०८० असारमा १०.०३ प्रतिशत कायम भएको छ । २०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ७.४१ प्रतिशत र ११.६२ प्रतिशत रहेका थिए । 

    मर्जर/प्राप्ति

    आर्थिक वर्ष २०७९/८० मा १२ वटा वाणिज्य बैंकहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भई ६ वाणिज्य बैंक बनेका छन्। त्यसैगरी, १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन्। 

    वित्तीय पहुँच 

    इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० असार मसान्तमा ११२ रहेको छ । यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा १०,५२८ रहेकोमा २०८० असार मसान्तमा ११,५८९ पुगेको छ । २०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २५३२ रहेकोमा २०८० असार मसान्तमा २५१७ कायम भएको छ ।

    निक्षेप तथा कर्जा सुरक्षण 

    निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० असार मसान्तमा ५६ बैंक तथा वित्तीय संस्थाहरुमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम रु.१२३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरेको छ । २०७९ असार मसान्तमा ३ करोड ६१ लाख ४३ हजार खातामा रहेको रु.८७९ अर्ब २२ करोड निक्षेप सुरक्षण गरिएको थियो।

    निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको रु.२१६ अर्ब ४४ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७९ असार मसान्तमा रु.१९७ अर्ब ६४ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो। 

    पुँजी बजार 

    २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.३०८२ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण रु.२८६९ अर्ब ३४ करोड रहेको थियो। 

    २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो। 

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ ।
    नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य रु.७२८ अर्ब ९५ करोड रहेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा रु.१७९ अर्ब ८८ करोड बराबरको साधारण शेयर, रु.१०५ अर्ब बराबरको विकास ऋणपत्र, रु.४० अर्ब ५९ करोड बराबरको बोनस शेयर, रु.३५ अर्ब ५९ करोड बराबरको डिबेन्चर, रु.७ अर्ब १४ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर र रु.३ करोड ७९ लाख बराबरकोँएइ गरी कुल रु.३७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्। 

    समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२२ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१६ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१५ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर गरी कुल रु.६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

    साताको लोकप्रीय