भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस, भेटे प्रधानमन्त्री, सभामुखदेखि ओलीसम्मलाई

भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस, भेटे प्रधानमन्त्री, सभामुखदेखि ओलीसम्मलाई

अर्थ डबली
शुक्रवार, भदौ १ २०८०
अर्थ डबली
शुक्रवार, भदौ १ २०८० (अर्काइभ बाट)
  • भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस, भेटे प्रधानमन्त्री, सभामुखदेखि ओलीसम्मलाई

    काठमाडौं / नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका छन् । 
    राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट गरेका हुन् । राजदूत न्गुयेनले नयाँ दिल्लीस्थित दूतावासमार्फत नेपालका लागि भियतनामी राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् । 

    images
    images

    भेटमा राजदूत न्गुयेनले नेपाल र भियतनामबिच सिधा हवाई उडानसहित व्यापार तथा लगानी प्रवर्द्धनका निमित्त सहकार्य गर्ने प्रस्ताव राखेका थिए । उनले सिधा हवाई उडानमार्फत नेपाल भ्रमण गर्न इच्छुक बुद्धमार्गी भियतनामीहरूलाई सहज हुने र नेपाली नागरिकले पनि अष्ट्रेलिया तथा युरोपको ट्रान्जिट सुविधा पाउने धारणा राखेको जनाइएको छ ।

    राजदूत न्गुयेनले भियतनाम भ्रमण गर्न इच्छुक नेपालीहरूका लागि काठमाडौंस्थित कन्सुलर कार्यालयबाटै भिसा जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएका छन् ।

    दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको भन्दै यसको समाधानका लागि दुवै मुलुकको पहलकदमी जरूरी रहेको उनको भनाइ छ । 

    राजदूत न्गुयेनसँगको भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहाल लगायतले भियतनामको तीव्र आर्थिक विकासबाट नेपाल प्रभावित रहेको उल्लेख गर्दै नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका निमित्त सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । 

    भेटमा सहभागी भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण र पर्यटन प्रवर्द्धनका निमित्त सिधा हवाई उडानको तयारी गर्ने र ई-भिसा लागू गर्नेसम्बन्धी विषयमा दुवै मुलुकका अधिकारीहरूबीच साझा धारणा बनेको छ । 
    भियतनाममा रहेका बुद्धमार्गीहरूलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन नेपाली पक्षले राजदूतसमक्ष आग्रह गरेको थियो । 

    साताको लोकप्रीय