images
images

पहिलो महिनामै काठमाडौँ महानगरले उठायो ६५ करोड राजस्व, घर बहाल करबाट सबैभन्दा धेरै

पहिलो महिनामै काठमाडौँ महानगरले उठायो ६५ करोड राजस्व, घर बहाल करबाट सबैभन्दा धेरै

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • पहिलो महिनामै काठमाडौँ महानगरले उठायो ६५ करोड राजस्व, घर बहाल करबाट सबैभन्दा धेरै

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा ६५ करोड ४२ लाख रुपैयाँ बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा महनागरले ४५ करोड रुपैयाँमात्र राजस्व असुल गरेको थियो । 

    images
    images

    चालु आवका लागि कामपाले १० अर्ब ८१ करोड रुपैयाँको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा २० करोड रुपैयाँले बढी हो ।

    घर बहाल करबाट उठ्यो सबैभन्दा धेरै, कम न्यायिक दस्तुरमा

    चालु आवको पहिलो महिनामा सबैभन्दा धेरै असुली भएको छ । उक्त शिर्षकबाट ३१ करोड रुपैयाँ असुल भएको विभागका प्रमुख काफ्लेले जानकारि दिएका हुन् । काफ्लेको अनुसार बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम पनि बढेको जनाएका छन् । 

    यस्तै, सम्पत्ति करमा १२ करोड रुपैयाँ असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा ३५ हजार रुपैयाँ मात्र असुल भएको छ । 

    काफ्लेका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा ३ लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ । कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।

    बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ ।

    कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । कामपाले आव २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार