प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन्ः ओली

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । बिहीवार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

    images

    उनले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए । कोशी प्रदशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गरे । उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए । 

    उनले भने, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल । यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर तालि बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन । नेपाली लड्नु हुँदैन । जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त । जनता किन भिडाउनु हुन्छ । शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

    अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए । सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको बताए ।

    सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको उनको भनाइ रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार