देउराली सहकारी कसले डुबायो, अध्यक्ष चौलागाईं भन्छन्,- ९ जना मिटरव्याजीहरुले डबाए

देउराली सहकारी कसले डुबायो, अध्यक्ष चौलागाईं भन्छन्,- ९ जना मिटरव्याजीहरुले डबाए

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • देउराली सहकारी कसले डुबायो, अध्यक्ष चौलागाईं भन्छन्,- ९ जना मिटरव्याजीहरुले डबाए

    काठमाडौं/  लितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्नेमा सहकारीकै पूर्वकर्मचारी र मिटरव्याजीहरु रहेको खुलासा भएको छ।

    images

    सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंका अनुसार ललितपुरका केही मिटरव्याजीहरुले यस्तो अवस्था ल्याएको बताएका छन् । अध्यक्ष चौलागाईंलाई डर, धाक, धम्की र त्रास देखाई जबर्जस्ती चेकमा हस्ताक्षर गराएको समेत अध्यक्ष चौँलागाइले विज्ञप्तिमा खुलाएका छन् । 

    उक्त हस्ताक्षर भएको चेकमा आफू खुसी सहकारीमा बचत रहेको रकम भन्दा दश गुणा बढी रकम राखेर चेक बाउन्स गराई राज्यलाई नै गुमराह पारेको आरोप उनले लगाएका छन् । 

    नेपालमा विगत केही समय अगाडि नाकाबन्दी,२०७२ सालमा भुकम्प र त्यसपछि विश्व महामारीको रुपमा फैलिएको कोभिड– १९ बाट देशमा आर्थिक संकट छ । 

    मुलुकमा वितिय संकट देखिदा सहकारी क्षेत्र बढि धरमराएको देखिन्छ । सहकारीका सञ्चालकहरु फरार भईरहेको खबर मिडियामा आइरहेका छन् । 

    ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं भने संस्था र संस्थालाई डुबाउन महत्त्वपूर्ण भुमिका खेल्नेहरु बिरुद्ध डटेर लडिरहेको उनले बताए । 

    चौलागाई भन्छन, ‘सहकारीकै पूर्वकर्मचारी र मिटर व्याजीहरु मिलेर देउराली सहकारी डुबाउन लागि परेको उनले पटक पटक बताउँदै आएका छन् ।  यस विषयमा सुक्ष्म अनुसन्धान गरिरहेको बताए। 

    अध्यक्ष चौलागाईँले भने, ललितपुरको सातदोबाटोलाई आधार ईलाका बनाई मिटरव्याजी धन्दामा सक्रिय १२ जना मिटरव्याजीहरुले सहकारीको बचत रकमको ३ सय प्रतिशतसम्म व्याज लिई मेरो पाँचवटा गाडी, घर, जग्गा, जमिन हडप्ने दुस्साहस गरे । उनले भने, यसैले मैले जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन सम्बन्धि मुद्दा दर्ता गर्न बाध्य भएको हुँ । 


     उनका अनुसार ९ जना मिटरव्याजीहरुले ललितपुर जिल्ला प्रशासनको आदेशलाई समेत नटेरेर फरार रहेको  बताए ।

    चौलागाईंले ठाडो आरोप लगाउँदै भनेका छन् यी ९ जना मिटर व्याजीहरु हितेश केसी, विशाल नारायण भारी, विवेक केसी, रुविन महर्जन, सुमन महर्जन, सिताराम रावत, आशिष् प्रधान, मोहन घिमिरे, लगायत हुन् । 

    देउराली सहकारीका सञ्चालक र अध्यक्ष चौलागाईं विरुद्ध मिटरव्याजीहरुले देखाएको वितण्डा र अनुचित लेनदेनको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र ललितपुर जिल्ला प्रहरी परीसर प्रमुखसँग बुझ्दा अनुचित लेनदेनको विषयमा कारबाही अगाडि बढी रहेको बताएका छन् । 

    त्यस्तै ललितपुरमा रहेर गुणडागर्दी गर्दै  मिटर व्याज लगाउने  र राजनीतिक आडमा विभिन्न क्रियाकलामा गर्दै आएहरूले  आफ्नो सहकारीमा पनि त्यस्तै क्रियाकलाप देखाएको अध्यक्ष रबिन्द्र चौलागाईंको आरोप छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार