समृद्धि फाइनान्सले ल्यायो समृद्धि बचत धमाका योजना, के–के छ सुविधा ?

समृद्धि फाइनान्सले ल्यायो समृद्धि बचत धमाका योजना, के–के छ सुविधा ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • समृद्धि फाइनान्सले ल्यायो समृद्धि बचत धमाका योजना, के–के छ सुविधा ?

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनि लिमिटेडले समृद्धि बचत धमाका योजना ल्याएको छ । कम्पनीले बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना ल्याएको हो । 

    images
    images

    उक्त योजना अन्तर्गत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोबर, ११२ महिना २३ दिनमा तीन गुणा, १६५ महिना ६ दिनमा पाँच गुणा र २१३ महिना १३ दिनमा आठ गुणा सम्म बढाउन सक्ने छन् ।

    साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६५ महिना २८ दिनमा दोबर, ८९ महिना १४ दिनमा तीन गुणा, १३४ महिनामा पाँच गुणा र १६८ महिना २१ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

    कम्पनीले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा १२.५० प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम ब्याजको योजना अघि सारेको बताएको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार