images
images

गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख बढी आम्दानी

गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख बढी आम्दानी

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • गाउँ फर्किएका नेपालको कृषि फार्म, वार्षिक १५ लाख बढी आम्दानी

    भोजपुर / बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिन्छन् । विसं २०४७ मा विराटनगर बसाइँ गएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पुन भोजपुर फर्किएका थिए ।

    images
    images

    भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले कृषि कर्ममा लागि परेको बताउँछन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फलको खेती गर्दै आएका छन् । ती खेतीबाट नेपालले वार्षिक लाखौं रुपैया आम्दानी पनि गरिरहेका छन् । किसान नेपाल आफू कागती खेतीको विस्तारमा जुटेको बताउँछन् ।

    कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको विस्तारमा लागेको नेपालले बताए । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजारसम्म कागती उत्पादन हुने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन खेतीसमेत गर्दै आएका छन् ।

    उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ । धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको नेपालको भनाइ रहेको छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्दै आइरहेका छन् । करिब हजार बोटले कागतीको फल समेत दिन थालिसकेका छन् ।

    ‘बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबका दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ’ सफल किसान नेपालले भने । उनले कागतीसँगै ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक १५ लाख रुपैयाँ भन्दाबढी आम्दानी गरिरहेको अनुभाव सुनाए ।

    बसाइँ गइसकेकाले गाउँमा फर्किएर पुनः व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको बताउने नेपालकै प्रेरणाले अहिले अरु किसान पनि पनि ड्रागन फलको खेतीतिर आकर्षित भएका रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए ।

    ‘यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ’ उनले भने ।

    लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खालीखेतीयोग्य जग्गामा किसानले बाँदरले दुःख नदिने प्रजातीका फलफूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका हुन ।

    कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी गाडीमार्फत् दूधलाई सहर पठाउने सोच रहेको नेपालले बताए ।

    ‘गाउँगाउँका किसानले उत्पादन गर्ने दूध सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध गाडीमार्फत सहर पठाउने योजना बनाएको छु’, नेपालले भने ।

    किसान नेपालको प्रेरणाले युवा पुस्तामा पनि कृषि पेसातर्फ मोह बढेको र ड्रागन फलको खेती पनि विस्तार हुँदै गएको युवा व्यवसायी एक्सन राईको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार