आज पहाडी भूभागमा बर्षाको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज पहाडी भूभागमा बर्षाको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

मंगलवार, भाद्र १२ २०८०
मंगलवार, भाद्र १२ २०८०
  • आज पहाडी भूभागमा बर्षाको सम्भावना, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

    images
    images
    images

    मङ्गलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

    यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भुक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार