प्रधानमन्त्रीकी छोरी कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेकी हुन् ?

प्रधानमन्त्रीकी छोरी कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेकी हुन् ?

मंगलवार, भाद्र १२ २०८०
मंगलवार, भाद्र १२ २०८०
  • प्रधानमन्त्रीकी छोरी कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेकी हुन् ?

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ । 

    images
    images
    images

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । 

    उनले भने ‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ?’ ।

    ‘म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?’ सिंहले प्रश्न गरे ।

    प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्र खतरामा पारेको उनको भनाइ छ । 

    ‘अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार–पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,’ उनले भने, ‘जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’

    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार