भुकम्प प्रभावित क्षेत्रमा जान नयाँ बसपार्कबाट निःशुल्क पाईने, यी हुन सम्पर्क नम्बरहरु

भुकम्प प्रभावित क्षेत्रमा जान नयाँ बसपार्कबाट निःशुल्क पाईने, यी हुन सम्पर्क नम्बरहरु

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • भुकम्प प्रभावित क्षेत्रमा जान नयाँ बसपार्कबाट निःशुल्क पाईने, यी हुन सम्पर्क नम्बरहरु

    काठमाडौँ / पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।

    images

    काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । 

    कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए । 

    जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए । 

    कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 

    जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । 

    काठमाडौँ– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,
    मुग्लिन– ९८४५४७२३८४ 
    दमौली – ९८५६०८९१८० र ९८५६०३६६६४ र 
    पोखरा–९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ 

    फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार