तिहार 'फ्लोरा एक्सपो २०८० 'समापन, ३० हजार बढिले अवलोकन गरे

तिहार 'फ्लोरा एक्सपो २०८० 'समापन, ३० हजार बढिले अवलोकन गरे

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • तिहार 'फ्लोरा एक्सपो २०८० 'समापन, ३० हजार बढिले अवलोकन गरे

    काठमाडौँ / काकुटीमण्डपमा पाँच दिनसम्म संचालन भएको, तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्स्पो –२०८० हिजो शनिबार सकिएको छ । 

    images
    images

    पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख रुपैयाँ  बढिको फलफूल तथा बिरुवाको किनबेच भएको आयोजक नर्सरी ब्यवसायी संघले जनाएको छ ।

    गत कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढिले अबलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए।


    ६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखीएको थियो। 

    tihar- fulmela.JPG

    मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमला लगाएत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरु राखिएको थियो । 

    तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरुबाट ५० हजारदेखि १० लाख बढिसम्म ब्यवसायीहरुले फलफूल, बिरुवा तथा औजारहरुको ब्यापार गरेको बताइएको छ। 

    तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टल नै खाली हुनेगरी बिक्री भएको व्यवसायीहरु बताउँछन् । 

    एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरु थिए । 

    फूुल बिरुवाका पारखीहरुको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा ब्यवसायीहरु खुशी देखिए ।

    flower - ful - phul.JPG

    मेलाको अन्तिम दिन शनिबार ग्राहकहरुको अत्याधिक भीड देखिन्थ्यो । 

    नर्सरी व्यवसायी संघले पहिलो पटक तिहार फ्लोरा एक्सपो संचालन गरेको हो । 

    ब्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरुको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार