नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा बिस्तार, मधेसमा मात्रै २१ ओटा पुग्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा बिस्तार, मधेसमा मात्रै २१ ओटा पुग्यो

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा बिस्तार, मधेसमा मात्रै २१ ओटा पुग्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

    images
    images

    यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । 

    कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका थिए । 

    उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

    nepal investment.JPG

    कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहँुच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । 

    बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । 

    हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार