व्यापार
नेपाल टेलिकमले पायो आईक्यान अवार्ड     काठमाडौं /  नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/ ७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अवार्ड प्राप्त गरेको छ । वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड मा रनर अपको उपाधि जित्न सफल भएको हो । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्र मा सो उपाधि हासिल
कुकुरका लागि अमेरिका पुग्छ इलामको छुर्पी   फिक्कल / इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन
पहाडी जिल्लाहरुमा महङ्गियो तरकारी, यस्तो छ कारण   काठमाडौं / केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले
टेलिकमको सेवा अत्यन्त दुर्गम हिमाली क्षेत्रमा उक्लिदै : हेर्नुस् कुन-कुन ठाउँमा पुग्यो ?   काठमाडौं/  नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराएको छ । यसै क्रममा कम्पनीले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको हो । हालसम्म मोबाइल तथा टेलिफोन
सीप र जाँगर भए पुग्छ, पर्वतमा खोजिदैछ यसरी उद्यमी     हातमा सीप र मनमा जाँगर हुनेलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउन जिल्लाका सबै स्थानीय तहमा उद्यमीको खोजी शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा न्यून आय भएका युवायुवतीलाई उनीहरूको सीप र क्षमतामा आधारित उद्यमसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ४५० उद्यमी उत्पादन गर्न थालिएको हो । घरेलु तथा
होटलमा रु दश खर्ब बढी लगानी, यी घरना व्यापारिक समुह आकर्षित     पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु
बागबजारमा राष्ट्रिय पोशाकको शोरुम काठमाडौं / बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोशाक सञ्चालनमा आएको छ । २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सटिङ\सुटिङ सञ्चालन गर्दै आएको समूहले नेपाली पोशाकको शोरुम शुरु गरेको हो । शोरुममा नेपाली पोशाकको सम्पूर्ण आइटमा पाइनुका साथै अर्डर अनुसार तयारी गरिने सञ्चालक संगीता प्रधानले जानकारी गराइन् । शोरुममा दुलाहाका लागि आवश्यक नेपाली पोशाकको सम्पूर्ण सेट समेत उपलब्ध
हिमपातको असरः चार सय भेंडा खाल्टोमा किसानको हात पुर्पुरोमा… हेर्नुस फोटोमा     हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ– ४ चुङजुङ गाउँका कृषक नुडाढु गुरुङको यस वर्षको भारी हिमपातका कारण गोठमै चार सय ५० वटा भेडा च्याङ्ग्रा मरेका छन । यस वर्ष कृषकहरुलाई भेडा च्याङग्रा पालन व्यवसायबाट धेरै क्षतिका भएको छ । तस्वीर निरज थकाली, –ठिनी/  मुस्ताङ / रासस
टार्गेट पाथीभरा तिर्थालु, पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट   भद्रपुर/  झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका
कर्णालीको जडीबुटी युरोप र अमेरिका निर्यात   राँझा / कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी
‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’   काठमाडौँ / नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले
अभियानको सफलताको कथा : स्थानीय नेपाली खानाका परिकारले होटल व्यवसाय फस्टायो     गाईघाट/  पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान शुरु गरेको हो । जिल्लाको सदरमुकाम गाईघाट, कटारी तथा बेल्टार क्षेत्रका होटल व्यवसायीले यहाँका दलित, आदिवासी र
न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव   काठमाडौँ / उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौं अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए । ‘समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ’,
भरतपुर माडी नगरपालिका दूधमा अनुदान वृद्धि, पशुपालन व्यावसाय फष्टाउँदै   भरतपुर/  माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ । उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी
अण्डा उत्पादक संघले यी मूख्य शहरमा अण्डाको सस्तो पसल सञ्चालन् गर्ने   चितवन / उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष