होटल
बिपी राजमार्गका होटलमा स्टिकरः कस्तो रङ्गको स्टिकर टाँसिएको होटलमा खाने ?     सिन्धुली / बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले
हयातका मजदूर काममा फर्किए तर व्यवस्थापनले अझै सञ्चालन गरेन होटल   काठमाडौं / श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन् । श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको
हायात होटलमा ५ दिनदेखि मजदूर आन्दोलन, व्यवस्थापन पक्षले देखाएन चासो   काठमाडौं / होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् । मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र
पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु     किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा छोटो समयमा
टार्गेट पाथीभरा तिर्थालु, पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट   भद्रपुर/  झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका
एउटै अस्पतालको भरमा १५० होटल   चितवन/  एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै
राजधानी बन्ने आसमा होटेल सञ्चालन, पर्यटन नहुदाँ सास्ती   घोराही/  प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ । चार बर्ष पहिले भाडामा घर लिएर करिव दुई
पर्यटकले पर्वतका होटल भरिभराउ   पर्वत/  उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । चिसो मौसम सकिएसँंगै मुस्ताङ घुम्ने पर्यटकका कारण कुश्माका होटल भरिभराउ
ठमेलमा अत्याधुनिक सुविधासहितको ‘नेपाली घर’ सञ्चालनमा   काठमाडौँ – राजधानीको प्रमुख पर्यटकिय केन्द्र मानिएको ठमेलमा विशिष्ट किसिमको नयाँ होटल सञ्चालनमा आएको छ । नेपाली घर होटल यहि जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरेका हुन् ।     करिब ४ बर्षको समयावधिमा पाँचतले पर्यटक स्तरिय होटल निर्माण सम्पन्न भएको हो ।