कर्पोरेट
यसकारण धराशायी बन्दैछ पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय   भक्तपुर / पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आज यहाँ भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्
टेलिकमद्वारा गाउँपालिका केन्द्रित एफटीटीएच वितरण   काठमाडौं / नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । यही भदौ २३ गतेका दिन एक कार्यक्रमकाबीच भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो । प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ   काठमाडौं / नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ । त्यसैगरि बुधबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ २३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियाल
डिशहोमको फन्ड ट्रान्सफरवाट रिचार्ज गरी खुसी वर्षभरि योजना सार्वजनिक   काठमाडौं / डिशहोमले फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुशी बर्षभरि योजना सार्वजनिक गरेको छ । डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु सार्वजनिक गरेको हो । डिशहोमले यस वर्ष डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईनमार्फत सजिलै विना कुनै झन्झट
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा   काठमाडौं /  फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघकाअनुसार एक्स्पोको सबै तयारी पुरा भएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘उपराष्ट्रपति पुनले बुधबार दिउँसो १
सलामले सातै दिन काठमाडौं–ओमान उडान गर्ने, उत्कृष्ट दश ट्राभल एजेन्सी पुरस्कृत   काठमाडौं / सलाम एयरले हप्तामा सातै दिन काठमाडौं–ओमान उडान गर्ने भएको छ । पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सहज हप्ताको सातै दिन सलामले काठमाडौं–ओमान उडान शुरु गर्ने भएको हो । यसअघि सलामले हप्ताको तीन दिन मात्रै उडान गरिरहेको थियो । सलाम एयरको नेपालजी एसएआइएमई ट्राभलद्वारा आइतबार राजधानीमा आयोजित एक विशेष
टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा, कति छ मूल्य ?   काठमाडौ / टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर र थ्री–ह्वीलरको चर्चित कम्पनीले आफ्नो लोकप्रिय विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को अवसरमा उक्त एडिसन नेपालमा सार्वजनिक गरेको छ । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग
एनसेल फैसला अध्ययनबारे समितिले विज्ञको राय लिँदै   काठमाडौं / प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले ऐनसेलको विषयमा अघिल्लो बैठकमा उठाएका विषयमा के प्रगति भयो भनी ध्यानाकर्षण गराएपछि सभापति कृष्णभक्त पोखरेलले विज्ञको राय लिनुपर्ने देखिन्छ भन्नुभयो । सभापति पोखरेलले भन्नुभयो,
टेलिकमको डाटा रोमिङ सेवा भारतमा, अन्य देशमा चाडैँ उपलब्ध हुने   काठमाडौं / नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । त्यसैगरी गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ
हिमालय एयरलाइन्स र वायुसेवा सञ्चालक समितिबीच सहकार्य   काठमाडौं / नेपालको अन्तर्राष्ट्रिय विमान वाहक संस्था हिमालय एयरलाईन्स र वायुसेवा सञ्चालक समिति नेपालबीच सहकार्य भएको छ । समाजको कल्याणकारी कार्यका लागि संस्थागत सामाजिक क्रियाकलापलाई अझ व्यापक बनाउन एयरलाइन्सले यही सेप्टेम्बर महिनाको ५ तारिखका दिन उक्त सम्झौता गरेको जनाएको छ । वायुसेवा सञ्चालक समितिको नेतृत्वमा यस वर्ष काठमाडौंको मातातीर्थस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई सहयोग गरेको संस्थाले जानकारी
उद्यमी बहस : ‘चिया क्षेत्रमा प्रचुर सम्भावना तर, चुनौति धेरै’       नेपालमा पछिल्लो समय अर्थोडक्स चिया लोकप्रिय हुँदै गएको छ । पहिले विदेशमा राम्रो बजार पाएको ग्रीन टि ले नेपालमा पनि व्यवसायीक रुप लिदै गएको छ । लोकप्रिय पेय पदार्थ चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा नेपालका धेरै उद्योग संचालित छन् । धेरै उद्यमीको जिविकोपार्जनको आधार बनेको चियाले नेपालको उद्यमशीलता प्रवद्र्धन पनि गरेको छ । नेपालमा वि.स.१९२०
सिराहाका २२ उद्योग परे फन्दामा, यस्तो छ कारवाही काठमाडौं / सिरहाका विभिन्न स्थानमा मापदण्ड विपरीत सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ । अनुगमन पछि पाँच वटा
एलजीको तीन मोडेलका टीभी सार्वजनिक : आर्टिफिसियल इन्टिलिजेन्स फिचर     काठमाडौं /  एलजी टेलिभिजनले ओएलईडी टिभी सार्वजनिक गरेको छ । एलजीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले उक्त टेलिभिजन सार्वजनिक गरेको हो ।कार्यक्रम ललितपुरको सानेपास्थित होटेल भिभान्तामा आयोजित पत्रकार सम्मेलनमा जनाएको हो । सीजीले एलजी ओएलइडी, एल जी एआई थिन क्यु र नानोसेल टेक्नोलोजी गरी ३ मोडेलका टेलिभिजन सार्वजनिक गरेको छ । पहिलो, एलजी ओएलइडी टेलिभिजन नविन
दसैँमा आइएमईमा डबलको डबलको डबल अफर: आठ गुणासम्म रकम जित्ने अवसर   काठमाडौं / आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले सेवाग्राहीमुखी उक्त अफर योजना सार्वजनिक गरेको छ । सो अफर योजना यही भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुने गरी ७७ दिनसम्मको अवधि हुने कम्पनीले
अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकविच सम्झौता   काठमाडौं / अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र विराटनगर केन्द्रिय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदीर आईएमईमोटर्सकातर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले