कृषि
मिर्गौला बेच्ने १३ जनाले रुद्राक्षसँगै यसरी रोपे सपना   पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै
अलैंचीको व्यावसायिक आकर्षण बढ्दो : यस्तो छ अलैंचीको महत्व     पाल्पा /  नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो । जिल्लाकै यो पहिलो व्यावसायिक अलैँची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरी यस
व्यावसायिक बन्दै कफीखेती   इलाम / झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन । त्यसपछि झापाको विर्तामोडमै केही समय सानोतिनो पसल गरेर बसे । त्यसबाट पनि खासै राम्रो आम्दानी हुन नसकेपछि आम्दानी हुने बाटो रोज्नु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमा रहेर
चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या   रुकुमपूर्व / सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उहाँले बताउनुभयो । तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र ? ओमप्रकाशलाई आजभोलि माहुरीको खाना
व्यावसायिक सयपत्री खेतीमा महिला   झापा / स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् । दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता बढेको महिला
आयस्तर वृद्धिमा द्वन्द्वपीडित महिला   श्रीमान् बेपत्ता पारिएपछि दुई छोराछोरी र घरको सबै जम्मेवारी पूरा गर्न बाँसगढी नपा–८ ककौराकी ३५ वर्षीय प्रेमकुमारी थारू सङ्घर्ष गर्दै आएका पनि १६ वर्ष पुग्न थाल्यो । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले २०६० साल चैत ४ गते गाउँको चोकबाट श्रीमान् प्रेमबहादुर थारूलाई अपहरण गरी बेपत्ता बनाएपछि प्रेमकुमारीको दुःख दिन शुरु भएको थियो । प्रेमबहादुर मरेको
‘लोकल’ कुखुराको व्यावसायिक पालन   उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकपालन गरिरहनुभएको छ । बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन शुरु गर्नुभएको थियो । उहाँको ‘फार्म’ मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । चार महीनाको अवधिमा रु एक
रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै   रुकुमपूर्व / केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । ‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उहाँले भन्नुभयो, “अहिले त ग्राहक घरमै आउँछन् ।” आफ्नै गाउँघरमा स्याउ
के छ त चिउरीको उपयोगिता ?     जाजरकोट / जथाभावी चिउरीको रुख काट्दा मौरीको आहारा र घ्यू उत्पादनमा कमी आएको छ । चिउरीको बिजुलाबाट निकालिने घ्यू चिउरीको कटानसँगै उत्पादनमा कमी आएको हो । जिल्लाका अधिकांश सामुदायिक वनमा पाइने चिउरी वन दैनिक काट्दा समस्य भएको हो । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षरोपण नगर्दा चिउरी बिरुवा कम हुँदै आएको हो । मौरीको मुख्य
एशोसियशन अफ एग्रीकल्चर नेपाल तीन सय कृषकसँग लाखौँ रकम ठगेर बेपत्ता   भोजपुर / फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने शर्तमा एशोसियशन अफ एग्रीकल्चर नेपालले जिल्लाका एक हजार ३०० कृषकको लाखौँ रकम उठाएर बेपत्ता रहेको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग करीब रु १९ लाख आठ हजारभन्दा बढी रकम लिएर सम्पर्कविहीन भएको हो । सो संस्थाले कृषकलाई उन्नत जातका विरुवा र तरकारीको बीउविजन सहयोग
धुलो दूधको आयात प्रतिबन्ध हट्दैन : मन्त्री खनाल   काठमाडौं / सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पार्नुभयो । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उहाँले केही
नपाकेका स्याउ नटिप्न सुझाव, के हुन्छ काँचो स्याउ टिप्दा ?   खलङ्गा / जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो । कृषि प्राविधिकका अनुसार भदौ पहिलो सातापछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने र पहिचान गुम्ने कृषि ज्ञान केन्द्रका अधिकृत खेमराज
आलेख : फल्न छाड्यो गुराँसेको स्याउ   सुर्खेत / एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद
कृषकलाई प्रोत्साहन : राष्ट्रिय शिखर कृषक अवार्ड -२०७६ दिईने (विवरणसहित)   काठमाडौँ / कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित “राष्ट्रिय शिखर कृषक अवार्ड– २०७६” प्रदान गरिने भएको छ । “शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी साउन २६ गते एक भव्य समारोहका विच ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गरिने
बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति   बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ । दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध फलफूल नर्सरीका सञ्चालक शम्भु