प्रबिधि
‘होमबायोग्यास’ नवीकरणीय ऊर्जामा नयाँ खोजी   नवीकरणीय ऊर्जामा नयाँ सम्भावनाको खोजी गरिरहेका युवा उद्यमीले खाना पकाउने अनवीकरणीय ऊर्जाको विकल्पका रुपमा ‘होमबायोग्यास’ नेपाल भित्र्याएका छन् । युवा उद्यमीद्वय राम अग्रवाल र विपीन खेतानले बायोग्यासकै एक उन्नत प्रविधिका रुपमा इजरायलमा विकास गरिएको होमबायोग्यास नेपाल भित्र्याउनुभएको हो ।   यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्यासका रुपमा परिचित बायोग्यासभन्दा फरक छ । लागतको हिसाबले यो
प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन’   वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले भन्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा
डिजिटल सुरक्षाको चुनौती सामनाबारे तर्कसङ्गत बहस हुनुपर्ने हुवावे अधिकारीको दावी   चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ । जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो । उप प्रबन्धक हुले सम्मेलनमा सम्बोधन गर्दै
सूचनाको व्यवसायिक विवरण सुरुक्षाको गर्न हेटौँडामा डाटा सेन्टर सञ्चालन हुँदै   सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको व्यावसायिक विवरण सुरक्षा गर्ने गरी हेटौँडामा निर्माण भएको डाटा सेन्टरको यही वैशाख अन्तिमबाट सञ्चालनमा आउने भएको छ । कोरियन संस्था कोइकाको सहयोगमा निर्माण भएको सेन्टरमा रु ३७ करोड खर्च भएको जनाइएको छ । सेन्टर निर्माणका लागि नेपाल आदर्श निर्माण कम्पनीलाई जिम्मा दिइएकामा कम्पनीले १८ महीनामा भवन निर्माण सम्पन्न गरेको
आलेख :‘डिजिटल नेपाल’ निर्माणमा सरकार, यस्तो छ मोवाइलदेखि मालपोतसम्म एक्सन कार्यक्रम   काठमाडौँ / विद्युतीय सूचना प्रणालीको प्रयोग र विकासमा जोड दिएर मुलुकलाई पूर्णतः डिजिटल प्रविधियुुक्त बनाउन नेपाल सरकार जुटिरहेको छ । यो लक्ष्य प्राप्तिका लागि उसले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थिति समेतका आधारमा राज्यले प्रदान गर्ने सेवामा सबै नागरिकको सरल र सहज पहुँच दिने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ । ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत सरकारी
‘मौसमी बेलुन’ को नियमित उडान शुरु, बेलुनले वायुमण्डलमा पुगेर मौसमको जानकारी दिने   काठमाडौँ / मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय,
ताप्लेजुङका एक युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि ताप्लेजुङ / ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक सानफ्रान्सिस्को / दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं
वैदेशिक रोजगारीमा समस्या परे ‘मोबाइल एप’ मार्फत कन्सुलर सेवा लिन सकिने   काठमाडौँ / कन्सुलर सेवा विभागको ‘नेपाल कन्सुलर मोबाइल एप’ मार्फत अब सेवाग्राहीले सेवा पाउने भएका छन् । भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम
रोल्पाको रातामाटामा चट्याङले क्षति गरेपछि चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध   जाजरकोट/  रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुइ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको
दोगडाकेदार गाउँपालिकाद्वारा मोबाइल एप्स सञ्चालन   बैतडी / आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिए । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्लाह
भूमिको कारोवार ६५ प्रतिशत अनलाइनमा   काठमाडौँ/  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ५१ मालपोत र नापी कार्यालयमा अनलाइन प्रणाली सेवा विस्तार गरेको छ । भूमि प्रशासन तथा व्यवस्थापनको क्षेत्रमा सुशासन कायम गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने नीतिअनुसार उक्त सेवा थप गरिएको हो । मन्त्रालयका १३१ कार्यालयमध्ये हालसम्म सेवा विस्तार भएका स्थानबाट हुने जग्गासम्बन्धी कारोवारले समग्रमा करीब ६५
नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव सम्पन्न, हेनुस् तस्वीरमा   काठमाडौँ/ नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।   कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम जहिले पनि अग्रस्थानमा रहेको बताउँदै आगामी दिनमा पनि चुनौतीविहीन रुपमा अग्रस्थानमै रहनु पर्ने बताएका थिए ।     कम्पनीले नाफा हुने क्षेत्रमा मात्र नभई जनताहरु भएको जुनसुकै क्षेत्रमा
टेलिकमको आम्दानी ४५ अर्ब   टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा रु ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३/७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३.७३ प्रतिशतले वृद्धि भई आव २०७४/७५ मा रु १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४/७५ मा ११६.५६ प्रतिशत
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने   काठमाडौँ / नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य