फेस फ्राईडे
ज्ञानेन्द्रको अनुभव : ‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’   तनहुँ / “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भन्नुभयो, “सानैदेखि क्रिकेट एकदमै मन पथ्र्यो, क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।” उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव
मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरव र नीलबाराही   भक्तपुर / मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । त्यसैगरी बाहः ननीस्थित
भरतपुरका एक परिवार : जो सर्पसँग रमाउँछन्, खेल्छन् र उद्दार गर्छन्     सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई
बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा     बाँके / नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु¥याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु¥याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गर्नुभएका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसक्नुभएको थियो । दाङको बबई गाउँपालिका–३ रामपुर (घट्टेखोला) का वली गत
यसकारण अस्तित्वको सङ्कट झेल्दै महोत्त्तरीका धार्मिकस्थल   महोत्तरी प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि
‘सतीदेवीको शव बोक्दै’ कुमाले   एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई मूर्तीकरण गर्नुभयो र
‘गुथियारसँग वार्ताको पहल भएको छैन’   कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आप्mना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ । सरकारले नेवार समुदायको मौलिक
‘फुट्यो ताल, टुट्यो सपना’   तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन । गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेको थियो । ताललाई स्थानीयलले ‘तुरेतुरे’ नाम
बर्षात् र डर : छाउगोठमा पाँच दिन कसरी कटाउने ?   कैलाली / वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउनुहुन्छ । उहाँले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले हरेक वर्ष असार
विश्व प्रसिद्ध मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्दै   विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी रु ३५
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी   मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ ।   इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।   उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई
बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, कति पुग्यो ?   बाँके / यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए। विसं २०६७ मा स्थापना भएको
काठमाडौँमा सडकमा अब ट्वाइलेट खोज्दै भौतारिनु पर्दैन     काठमाडौं / काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि
यसरी कडाइका साथ समावेशी सिद्धान्त कार्यान्वयन गर्दै   सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला, विभिन्न जाति, समुदाय, धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । सैनिक नियमावली, २०६९ को नियम ५
युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…     सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ केही पैसा कमाएर फर्कन्छन्