फेस फ्राईडे
‘गुथियारसँग वार्ताको पहल भएको छैन’   कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आप्mना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ । सरकारले नेवार समुदायको मौलिक
‘फुट्यो ताल, टुट्यो सपना’   तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन । गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेको थियो । ताललाई स्थानीयलले ‘तुरेतुरे’ नाम
बर्षात् र डर : छाउगोठमा पाँच दिन कसरी कटाउने ?   कैलाली / वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउनुहुन्छ । उहाँले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले हरेक वर्ष असार
विश्व प्रसिद्ध मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्दै   विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी रु ३५
मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी   मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ ।   इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।   उहाँले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई
बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, कति पुग्यो ?   बाँके / यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए। विसं २०६७ मा स्थापना भएको
काठमाडौँमा सडकमा अब ट्वाइलेट खोज्दै भौतारिनु पर्दैन     काठमाडौं / काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन ? अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया/खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन ? यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा अब शौचकै लागि
यसरी कडाइका साथ समावेशी सिद्धान्त कार्यान्वयन गर्दै   सरकारले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेनामा भर्ना छनौटदेखि वृत्तिविकासका सबै क्षेत्रमा समावेशी सिद्धान्तलाई कडाइसाथ कार्यान्वयन गरेको जनाएको छ । संविधानमा भएको समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गरी महिला, विभिन्न जाति, समुदाय, धर्म तथा पिछडिएका वर्गलाई समेत सेनामा भर्ना हुने यथेष्ट मौका प्रदान गरिएको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । सैनिक नियमावली, २०६९ को नियम ५
युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…     सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ केही पैसा कमाएर फर्कन्छन्
भ्रमण वर्षको चटारोले छुँदै   ‘‘समय छोटो छ । गर्नु धेरै छन् । साथीहरु रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकी समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला’’ नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक
बाढी पीडितका दबिएका स्वर : ‘के खाने, कसरी बच्ने’   घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले
‘कतै बाढी त कतै खडेरी’   पोखरा / तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको
सङ्कटमा दमाहा बाजा   डोटी / पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न बजारमा भित्रिएका आधुनिक बाजाका कारण दमाहा बाजा सङ्कटमा पर्दै गएको छ । विवाह, न्वारान र पूजाआजामा अनिर्वाय रुपमा बजाउनु पर्ने यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । दमाहा बाजाको छुट्टै महत्व रहिआएको भए पनि युवा पुस्ताले बजाउन खासै चासो नदिँदा यो पेशा नै सङ्कटमा पर्दैगएको
मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि   पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ । भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठका अनुसार
विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’   मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने