फेस फ्राईडे
फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर   प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने
जबरजस्ती केटी बनाइएका सुरेन्द्रले आफ्नो कथा सुनाउँदै सरकारलाई यसो भनिन्     काठमाडौं / काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन् । मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन् । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा
धन कमाउन गएका थिए, जो विदेशी भूमिमै अस्ताए   भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार
रेशम खेतीका अगुवा बने महेश   दाङ । असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली
भिर मौरीको शिकार, हत्केलामा ज्यान ! [आलेख]   गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल
आलेख : गाउँलेले अब पो ढिकीजाँतोको महत्व बुझ्न थाले     लमजुङ / बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरिन् । ढिकीमा कुटिएका र जाँतोमा पिनिएका तिनै चिजबिज खाएरै उनको परिवारले जीवन निर्वाह गरे । उनै
साहित्यिक पत्रिका कति बाँड्ने झोलामा बोकेर ?     साहित्यिक पत्रिको स्थायित्वका लागि के गर्ने ? निजी खर्चमा पत्रिका निकालेर झोलामा बोकेर निःशुल्क बाँड्नुपर्ने अवस्थाको अन्त्य कसरी होला ? साहित्यिक पत्रकारका सधैँ उस्तै प्रकारको गुनासा र पीडा सुन्ने गरिएकामा अब त्यस्ता विधागत पत्रिका पहिला आफू व्यावसायिक हुनुपर्ने र त्यसपछि सरकारबाट न्यायोचित सुविधाप्राप्तिका लागि लड्नुपर्नेमा जोड दिइएको छ । विसं १९५५ मा पण्डित नरदेव मोतिकृष्ण शर्माको सम्पादकत्वमा
सार्वजनिक यातायातमा सह–चालकले नै गर्छन् यात्रुलाई दुव्र्यवहार   काठमाडौं / ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्को बसमा
…अनि हाँसो गुञ्जिरह्यो !   प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा. योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले प्रेक्षालय गुञ्जिन्छ । यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो,
काँग्रेस जागरण अभियान : एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम, के-के भए उपलब्धी ?   काठमाडौं / नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले
ब्राखापालनले फिल्मको कथामा जस्तै फेर्यो श्रीषको जीवन, एउटै बोकालाई डेढ लाखसम्म पर्ने     सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आउनुभएको छ । झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना जस्तै
कलाकार कायस्थको युवा जोस : विद्यार्थीहरुको जिज्ञासा मेट्दैछन् यसरी     उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उहाँको दैनिकी जस्तै बनेको छ । नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उहाँलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा आफूलाई
सिद्धार्थको क्रिडास्थल : जहाँ बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताए, मगध सम्राट अशोकले ६ बर्षसम्म खोजी गरे     सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ । गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एक पटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट छुट्नु पनि ओझेल पर्नाको एउटा कारण हो । गौतमबुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन
परम्परा धान्नकै लागि भए पनि माटो किन्छन् सोमबहादुर   कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्नुहुन्छ । माटो अभावमा समुदायबाटै पेशा नै लोप हँुदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभएका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगाल्नुभएको
सारङ्गी रेट्दै, जीवन धान्दै     चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन् । लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन् । जसरी वनतिर चरी चिरबिर गर्छन् । यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो । चार दिनअघि बागलुङ नगरपालिका–१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के । “घम्जा गाउँ गएका थियौँ”, भद्रले भन्नुभयो, “झरी प¥यो, धेरै नघुमी फर्कियौँ ।” काठखोला गाउँपालिका–३ मा