स्थानीय सरकार
सुत्केरी भत्ता नगरपालिकाबाटै गायब भएपछि…   बाजुरा / संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एक सय ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य
शिक्षक कर्मचारीलाई ल्यापटप वितरण   भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ । त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ । पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो । यसले पठनपाठनमा सहयोग
यी हुन् प्राकृतिक स्रोतको रोयल्टी बढी पाउने प्रदेश   काठमाडौं / पर्वतारोहण, संरक्षण क्षेत्रको रोयल्टी पाउनेमा सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका शीर्ष स्थानमा परेपनि प्रदेश नं २ ले जलविद्युत्, खानी, पर्वतारोहणलगायतका आर्थिक गतिविधिसँग सम्बन्धित कुनै पनि प्रकारको रोयल्टी प्राप्त गर्न नसकेको पाइएको छ । अर्थ मन्त्रालयमा आज आयोजित अन्तर सरकारी वित्त परिषद्को बैठकमा पेश भएको विवरणका आधारमा विद्युत् तर्फको रोयल्टी बढी पाउनेमा प्रदेश नं ३,
देवचुली नगरपालिका : तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा   नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी
विकासका लागि गाँउपालिकाले लियो पञ्चवर्षीय योजना     गाउँपालिकाले योजनाबद्ध रूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको अवस्था सुनिश्चित गर्ने
त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु, २५ हजारसम्मका सामानको ‘जाँचपास हुने   कावासोती /  गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको लामो समयसम्म सवारी ‘जाँचपास’को सेवामात्र दिँदा त्रिवेणी नाकाको गतिविधि शून्यजस्तै रहेको थियो । आइतबारबाट छोटी भन्सार कार्यालय त्रिवेणीबाट मालसामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको हो । नवलपरासी पूर्व नवलपुरअन्तर्गत पर्ने त्रिवेणी
वाणिज्य बैंकमा आगलागी हुँदा शाखाप्रमुखको कार्यकक्ष खरानी   चितवन / राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष
मकवानपुरगढीमा पाँच करोड लगानी   मकवानपुर / गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रू पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो । उक्त रकममध्ये ऋषेश्वर गुफा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माणमा रु एक करोड, शहीद रुद्र स्मृति उद्यान
दशवर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार   विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि तनहुँको म्याग्दे गाउँपालिकाले दशवर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको छ । विपद् तथा जलवायु उत्थानशील गाउँपालिकाका रुपमा स्थापित गर्ने परिकल्पनासहित सो गाउँपालिकाले दशवर्षे (आव ०७५/७६–०८४/८५) विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको हो । केयर नेपाल, हरियो वन कार्यक्रम तथा स्थानीय साझेदार असल छिमेकी सहयोग सङ्घ
स्थानीय तहसँग विपद् व्यवस्थापन योजना छैन   बैतडी / बिना लगत अनुमान डोजर लगाएर काटिएका सडकले ठाउँ ठाउँमा पहिरोको त्रास निम्त्याएको छ । जिल्लाका धेरैजसो स्थानमा कच्ची सडकहरुले बस्ती नै खाली गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । विगतमा काटिएका सडकहरु वर्षात्सँगै खोल्सामा परिणत भएका छन् । बैतडीका चार वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको
जोरायल गाउँपालिका : रेन्बो ट्राउट माछापालन शुरु   डोटी / जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो । स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवद्र्धन फर्म उद्योग दर्ता गरेर पहिलोपटक रेन्बो ट्राउट माछापालन गर्नुभएको छ । डोटीमा मात्रै
भक्तपुर नगरपालिकाद्वारा क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज   भक्तपुर / दातृ निकाय र व्यक्तिव्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो
तुलसीपुर उपमहानगर स्मार्ट सिटी सपना : यस्तो छ आकर्षक योजना     दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन अभियान शुरु गरेको छ । सोहीअनुसार बुधबार तुलसीपुरका सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाँको फुटपाथ व्यवसाय व्यवस्थापन, मदिरा व्यवस्थापन गर्न छलफल गरिदिएको हो । उपमहानगरपालिकाले यसअघि नै यहाँको फुटपाथ हटाउन शुरु गरेको भए पनि प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन छलफलमार्फत निष्कर्ष निकालेर प्रभावकारी
अब कामनपाले महानगरका सबै विद्यालयका रङ् एउटै बनाउने, यस्तो छ कारण   काठमाडौँ / महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने
लाखे नाच्ने मान्छे छैनन्   बागलुङ / जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो । जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उहाँ नभएको भए लाखे