स्थानीय सरकार
गाउँपालिका महासंघको विस्तारित बैठक : यस्तो छ १७ बुँदे सौराहा घोषणा   काठमाडौं/  गाउँपालिका राष्ट्रिय महासंघ नेपालको पाँचौ विस्तारित बैठक सम्पन्न भएको छ । यहि श्रावण २५ र २६ गते चितवनको सौराहामा सम्पन्न भएको हो ।   महासंघका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्यहरुको अलावा सातवटै प्रदेश कार्य समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म भएको बैठकमा स्थानीय सरकार संचालनका सवालहरुमा छलफल भएको
ठेकेदारले ठग्दा उप्कियो पिच दुई हप्तामै     दुई हप्तामै उप्किएको तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीमार्ग जाने सडकमा गरिएको कालोपत्रे । गुणस्तरहीन कामका कारण कालोपत्रे दुई हप्तामै उप्किएको स्थानीयवासीको भनाइ छ । तस्वीर : कृष्ण न्यौपाने
सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट   रोल्पा / रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजगार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई
तल्लो चमेलिया विद्युत् आयोजना निर्माण पहल   सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ । यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ । केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति
सार्वजनिक जग्गा खोजी गर्दै महानगर, यस्तो छ कारण   काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । छ महीना पहिले सबै वडालाई आफ्नो वडा भित्रका सार्वजनिक जग्गाको विवरण
वडाध्यक्षकै सक्रियतामा अनुदानको ब्याड बोका काटेर मासु भागबण्डा   गोरखा / सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । समूहले
गुम्बामा पढ्न हिडेका सात दलित बालबालिका रोकिए   डोल्पाको मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकाका सात बालबालिकालाई यहाँको विमानस्थलबाट उद्धार गरिएको छ । काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउनका लागि लैजाने तयारी गरिरहेका बेला विमानस्थल प्रहरीले उनीहरूलाई रोकेको हो । कानूनी प्रक्रिय पूरा नगरेर गुम्बाका लामा लोपसाङ फुन्चोक लामाले लैजान लागेको काइके गाउँपालिका–७ का दुई, ६ का चार र मुड्केचुला–७ का एक गरी सात बालबालिकाको
कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने   स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर) का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका
प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला   धनुषा / प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु
यसकारण दुई वडाबीच टुट्यो सम्पर्क   जुम्ला / जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल तिला नदीको बाढीले बगाएपछि यहाँका वडावासीबीच सम्पर्क टुटेको छ । अविरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल नदीले बगाएको हो । एक दशक पहिले काठले निर्माण गरिएको पुल जीर्ण बन्दै गएको थियो । पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५
नगर प्रमुख र उप प्रमुखको विवादले झडप, उपप्रमुखसहित आधा दर्जन घाइते   धनुषा / हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुख पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपप्रमुखसहित आधा दर्जन घाइते भएका छन् । कार्यालयसम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । आज दिउँसो प्रहरीको सहयोगमा प्रमुख रामज्ञान मण्डल पक्षका व्यक्तिले उपप्रमुख रेणु
रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने   ओखलढुङ्गा  / रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिनुभयो । सांसद गुरुङले भन्नुभयो, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर
गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार   पोखरा  / गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४/७५ मा १४८ र २०७५/७६
जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै   हुम्ला  / राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका तीन खण्डमा गुडिरहेका सवारीसाधनमाथि कडा निगरानी गर्ने भएको छ । जिल्लाभित्रै छोटो दूरीमा सञ्चालन
विकासको जीवनरेखा कोर्ने हुटहुटीमा कर्णाली सरकार   कर्णाली प्रदेश सरकार विकासको तिर्खाले ब्याकुल छ । आर्थिक तथा मानवीय स्रोतसाधनको अपर्याप्तताभित्र पनि प्रदेश सरकारले गरेको विकासबाट सङ्घीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको छ । विकासको प्यास मेटाउने सोचलाई सार्थक विन्दुमा पु¥याउन कर्णाली सरकारले पूर्वाधार विकास निर्माणको योजनालाई प्राथमिकतामा राखेको छ । ‘कनेक्टिभिटी र इलेक्ट्रीसिटी’ले मात्र यहाँका नागरिकको