सहकारी
जोखिममा रहेका बालबालिकालाई सहकारी सङ्घको सहयोग   चरिकोट  / जिल्ला सहकारी सङ्घ दोलखाले २७औँ स्थापना दिवसका अवसरमा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जिल्लाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा बसोबास गर्ने जोखिममा परेका ११ बालबालिका तथा किशोरीलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिकाका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा, बिस्कुट, सरसफाइका सामग्री गरी करीब रु
लुः निभा सहकारी संस्था समस्याग्रस्त घोषणा, यस्तो छ कारण   लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ अनुसार काठमाडौँ डिभिजन सहकारी कार्यालयमा सो सहकारी दर्ता भएको छ । मन्त्रालयले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी
सहकारी नाफा कमाउन केन्द्रित भएको भन्दै प्रभावकारी नियमन गर्न माग   काठमाडौं / आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको सहकारीलाई विकृत बनाएर सीमित व्यक्तिले नाफा कमाउने काम भइरहेको भन्दै सांसदले त्यसको नियमन प्रभावकारी गर्न माग गरेका छन् । एउटै व्यक्तिले आफ्ना आफन्त राखेर सहकारी चलाएको र त्यसले सहकारीको मूल मर्म अनुसारको काम नगरेको तथा केवल नाफा कमाउनका लागि मात्रै केन्द्रित भएको उनीहरुको भनाइ छ । सहकारीलाई समय
आरम्भ माइक्रोफाइनान्सद्वारा  वित्तीय साक्षरता तालिम     काठमाडौं /  काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ४० जना ग्राहक सदस्यहरुको सहभागितामा वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । यहि जेठ १० गते काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका अनुगमन विभागका प्रमुख विश्व राज श्रेष्ठले जानकारी दिए । यस तालिमका प्रशिक्षकहरु विश्व राज श्रेष्ठ, युवराज
सिभिल सहकारी वित्तीय जोखिममा   काठमाडौँ / सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यता विपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ । ‘सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ,’ सहकारी विभागले उपलब्ध गराएको वित्तीय विवरणमा भनिएको छ, ‘सिभिल समूहका तीनवटा कम्पनीलाई मात्रै कुल ७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ
पुन: चयन भए सेञ्चुरी बैंकको अध्यक्षमा राजेशकुमार श्रेष्ठ काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुन राजेशकुमार श्रेष्ठ चयन भएका छन् । १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन बैंकको अध्यक्षमा चयन गरेको हो । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता
ज्योति लाईफको अध्यक्षमा नन्द किशोर शर्मा चयन   काठमाडौैं / ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा नन्द किशोर शर्मा चयन भएका छन् । यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६\०१\१२ गते बसेको संचालक समितिको बैठकबाट संचालक  नन्द किशोर शर्माज्यूलाई अध्यक्षको रुपमा चयन गरेको हो । आफ्नो कार्य व्यस्तताको कारण श्री पशुपति मुरारकाज्यूले दिनु भएको राजिनामा २०७५\१२\०१ मा बसेको बैठकले स्वीकृत गरेको थियो।
ढुंगेललाई “पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान” पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औँ स्थापना दिवसको अवसरमा यज्ञराज ढुङ्गेललाई सम्मान गरेको छ । सहकारी क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ । सोहीअनुसार संस्थाले सहकारी क्षेत्रमा अनवरत रुपमा क्रियाशील रहेको भन्दै जनसचेतन बचत तथा ऋण
कर्णाली प्रदेशसभाको सहकारी विधेयक पारित   सुर्खेत / कर्णाली प्रदेशसभाको आजको बैठकले प्रदेश सहकारी विधेयक २०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने र प्रतिवेदनलाई विधेयकको अङ्ग कायम हुने गरी बैठकले विधेयक पारित गरेको हो । बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । समितिका अध्यक्ष राजु नेपालीले विधेयकलाई संशोधनसहित
सहकारीबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला   गलेश्वर / म्याग्दीका अधिकांश महिला सहकारीका कारण आत्मनिर्भर बन्दै गएका छन् । गाउँगाउँमा खुलेका विभिन्न सहकारीबाट ऋण लिएर उनीहरुले आयआर्जनका काम गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्दै गएका हुन् । सहकारीले दिने सानो रकमबाट विभिन्न किसिमका व्यवसाय गरेर म्याग्दीका महिला सक्षम बन्दै गएका जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष देवीकुमारी घिमिरेले बताउनुभयो । विशेषगरी व्यावसायिक बाख्रापालन, तरकारी
सोसाइटल बचत सहकारी समस्याग्रस्त   काठमाडौँ / सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा ९१० अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो । सो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनअनुसार गठित समस्याग्रस्त सहकारी संस्था
सहकारीले घर बनाई दिदै भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी रु ५० लाखको लागतमा चार वटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सो सहकारीलाई चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।
मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का काठमाडौं \ मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । आइतबार यी दुई बैंक एक आपसमा गाँभिने सहमति गरेका थिए । बैंकको मर्जरको कार्य सम्पन्न नभएसम्म सेयर कारोबार रोक्का राख्न बैंकले नेपाल स्टक एक्चेन्जमा पत्र पठाएको छ । यी दुई बैंक गाभिएपछि तिनाउँ मिसन बैंकको नामबाट एकिकृत कारोबार हुनेछ । मर्जरपछि
नागरिक लगानी कोषद्वारा २२ प्रतिशत बोनस सेयर घोषण काठमाडौं \ नागरिक लगानी कोषले २२ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्न घोषण गरेको छ । कोषले आर्थिक बर्ष २०७२,७५ को खुद मुनाफामध्येबाट २२ प्रतिशतको अनुपातमा २४ कारोड २५ लाख १७ हजार चार सय ६४ रुपैंयाँ बोनस सेयर वितरण गर्ने घोषण गरेको हो । यसैगरि कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत अर्थात एक करोड
बोमी लघुवित्त र नागरिक लघुवित्तको सेयर कारोबार रोक्का हुने काठमाडौं \ बोमी लघुवि वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ । दुवै संस्थाले एक आपसमा गाभ्ने तथा गभिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मर्जर प्रक्रियाको लागि सेयर कारोबार बन्द हुन लागेको हो । संस्थाका अनुसार लघुवित्त गाभ्ने तथा गाभिने सम्बन्धी विनियमावली २०७३ अनुसार दुवै संस्थाहरुले यही फागुन २६ गतेबाट