समाचार
कोशीटप्पु वन्यजन्तु आरक्ष : अठार हजारभन्दा बढी पर्यटकद्वारा अवलोकन   काठमाडौं \ अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५/७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क
हेर्नुहोस आजको कार्टुन : मेलम्चिको पानीलाई संकेत गर्दै   काठमाडौं \ वर्षौ देखी राजधानी बासीले आशा गरेको मेलम्चिको पानीलाई कार्टुनको माध्यामबाट संकेत गर्दै ।
बिजुली थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु   काठमाडौं \ नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् । रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन । त्यसैगरी मोरङ कटहरी क्षेत्रमा स्थापना
यसरी सम्झीदै छ भगवान श्री कृष्ण लाई मन्दिरमा भक्तजनको भीड   काठमाडौं \ भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । यस
धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने गौरा पर्व    काठमाडौं \ उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताउनुभएको छ । “सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा
१९ हजार डाक्टर र ६७ हजार नर्स अभाव   काठमाडौं \ देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महत्त्वपूर्ण भूमिकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षौंदेखि राज्य तहबाट नै उपेक्षित हुँदै आएको छ । यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ । ‘जनतालाई सुलभ सेवा दिन अझै
घोडाघोडी ताललाई नियाल्दै पर्यटक   काठमाडौं \ विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताललाई दुर्बिनबाट नियाल्दै एक आन्तरिक पर्यटक । पछिल्लो समय घोडाघोडी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर : प्रकाश मिश्र
मासिक शुल्क घटाउन विद्यार्थीको माग   काठमाडौं \ तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । क्याम्पसले आर्थिक वर्ष २०७६÷७७ देखि मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको हो । युनियनकी अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क वृद्धिले विद्यार्थीलाई
अनुगमनको नाममा भत्ता पचाउने, प्रतिवेदन नबुझाउने काठमाडौ \ प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ । प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् । अन्नपूर्ण पोस्ट्मा
काठमाडौंमा फैलियो डेंगी संक्रमण, हालसम्म १७ जनामा संक्रमण प्रमाणित काठमाडौ \ साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए । चिकित्सकका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको
शुक्रबारको राशीफल : राशीअनुसार तपाईको भाग्य कस्तो छ आज ? हेर्नुस् राशी   वि.सं. २०७६ भाद्र ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट २३ तारिख, भाद्रपद कृष्ण ९गुँलागा० अष्टमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, ध्रुव योग, बालब र कौलव करण आजको चाडपर्व र उत्सव स् श्री कृष्ण जन्माष्टमी व्रत, अष्टमी व्रत, मोहरात्री, गौरा पर्व, गोरखकाली पूजा, मन्वादि, दूर्वाष्टमी, डोलेश्वर उत्सव । मेष राशी (चु, चे, चो, ला,
कुञ्जपार्क बन्दै आन्तरिक पर्यटकको आकर्षण       बुटवल/  खेलकुद क्लब भन्ने वित्तिकै कुनै खेलसंग सम्बन्धित गतिबिधि र खेल प्रतियोगिताहरु आयोजना गर्ने संस्थाको रुपमा लिने आम बुझाइ छ । वास्तविकता पनि त्यस्तै हो । तर, रुपन्देहीको एउटा क्लबले भने तिलोत्तमा नगरपालिका–६,कुन्जलापूरमा लाखौं खर्चमा रमणीय पार्क बनाएर नमूना काम गरेको छ ।   २०२७ सालमा स्थापना भएको जिल्लाकै पुरानो झरना स्पोर्ट्स क्लबले कुन्जलापुरमा तीन बिघा क्षेत्रफलमा आकर्षक
यस्तो छ ‘फूलमती’ को म्युजिक भिडियो (भिडियोसहित)   काठमाडौं/  गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका
यस्तो छ तीज गीत ‘स्वास्नी कुट्ने पोई…!’   काठमाडौं / नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई…’ सार्वजनिक भएको छ । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेको गीतको भिडियोमा शुभेक्षा