पहेँलो धातुका मूल्यमा २०० गिरावट, आजको मूल्य कति ? 

पहेँलो धातुका मूल्यमा २०० गिरावट, आजको मूल्य कति ? 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • पहेँलो धातुका मूल्यमा २०० गिरावट, आजको मूल्य कति ? 

    काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ ।

    images
    images

    बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो । 

     तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ ।

    बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो । 

    साताको लोकप्रीय