फर्निचर तथा फर्निसिङ क्षेत्रमा छुट्टै विशेषता छ आरोन फर्निचरको [भिडिओ सहित ]

फर्निचर तथा फर्निसिङ क्षेत्रमा छुट्टै विशेषता छ आरोन फर्निचरको [भिडिओ सहित ]

अर्थ डबली
बुधवार, माघ १४ २०७७
अर्थ डबली
बुधवार, माघ १४ २०७७ (अर्काइभ बाट)
  • फर्निचर तथा फर्निसिङ क्षेत्रमा छुट्टै विशेषता छ आरोन फर्निचरको [भिडिओ सहित ]

    फर्निचर तथा फर्निसिङ क्षेत्रमा नेपालीको छनोट बदलिन थालेको छ । बदलिदो संस्कृति र जीबनशैलीका कारण उच्च गुणस्तरका प्रडक्टहरुप्रति मानिसहरु आकर्षित भएको पाइन्छ ।

    images
    images

    ग्लोबलाइजेसनको प्रभाव तथा बैदेशिक रोजगारीको प्रभावले पनि हुन सक्छ दैनिक जीवनमा प्रयोग हुने फर्निचर तथा फर्निसिङका सामानहरुमा ग्राहकहरु चुजी हुन थालेका छन् । 
     अहिले कोरोनाको महामारी बीच पनि उभोक्ताहरु विस्वासिलो कम्पनीका सामान अनलाइनबाटै अर्डर गर्ने बानी परेको छ । होम डेलिभरि गराउनेहरु सेवा प्रदायक कम्पनीहरु बढेका छन् । 

    बजारमा पछिल्लो समय आरोन फर्निचरका उत्पादनहरु तपाईको रोजाई हुन सक्छ । 

    हेर्नुस् भिडिओ/  डाईरेक्टर -शालीग्राम बराल

     

    सुरक्षित र भरपर्दो र विस्वासिलो तवरले ग्राहकहरुमा सेवा प्रवाह गरिरहेको आरोनले फर्निचर तथा फर्निसिङका सामानहरु तपाईको रोजाईमा उपलब्ध गराउँछ ।  उसले प्रतिस्पर्धी बजारमा ग्राहकहरु लक्षित गर्दै विभिन्न स्किमसमेत दिदै आएको छ । 

    फर्निचर क्षेत्रमा छ वर्ष लामो आफ्नो अनुभवलाई अझै विस्वासिलो बनाउँदै लगेको छ । विशेष गरी आकर्षक कलर डिजाइनका पर्दा सोफा सेटहरु उपलब्ध गराउने उक्त कम्पनीले ग्राहकहरुका लागि अधिकतम सन्तुष्टि दिदै आएको छ । 

    sofa1.JPG
    विशेष गरी शहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै आफ्ना उत्पादनहरु बजारमा सेवा प्रवाह गरिरहेको छ । नेपालमा आवश्यक अधिकतम सामान आयातित छन् । जसले नेपाली पैसा विदेशिएको मात्र छैन । यहाँ युवाको श्रम र सीप खेर गएको छ । आरोन फर्निचर यहि आवश्यकता पूरा गर्न जन्मिएको हो । 

    आरोनले केके सेवा प्रवाह गर्दछ ?

    घर, कार्यालय, होटल, हस्पिटालिटीका लागि इन्टेरियर डिजाइन सेवासमेत उपलब्ध गराई आवश्यक सेवा प्रवाह गरिरहेको आरोन फर्निचर लामो समय विदेशमा आफ्नो सीप क्षमता पस्केर नेपालमै केही गर्ने उद्देश्यले स्थापित कम्पनी हो । 

    मोडुलर किचन, विभिन्न अफिसियल तथा घरायसी फर्निचरका साथै पर्दा लगायत फर्निसिङका सामान पनि  उपलब्ध गराउँछ।

    sofa.JPG
      
    आरोन फर्निचरका डाइरेक्टर राजेन्द्र श्रेष्ठका अनुसार ग्राहकहरूको रूचि र विशेषतालाई बुझेर उत्कृष्ट सेवा दिइरहेको छ । उनले भने ‘व्यक्ति व्यक्तिको रूचि, आवश्यकता, चाहानालाई हामी बुझ्छौं र वहाँहरुको इच्छालाई हामी पुरा गर्दछौं । 

    कम्पनीले तयारी सामानको होम डेलिभरी सुविधा समेत दिएको छ ।  आरोनका फर्निचरहरू अत्याधुनिक प्रविधिबाट निर्मित भएकोले  फोल्डिङ गर्न मिल्ने, सहज सरल र बलियो छ । 

    उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाइएको हुनाले आरोनका प्रोडक्टहरू फिनिसिङ उत्कृष्ट, र आकर्षक छन् । अन्तर्राष्ट्रिय ब्राण्डसँग तुलना गर्न सकिन्छ । बजारको भन्दा फरक खालका सामानहरु उत्पादन हुन्छन् । 

    आधुनिक प्रविधि र डिजाइनरको सहायतामा आरोनले उत्पादन गरिरहेको छ । ग्राहकले अवश्य महसुस गर्न सक्छन् । ग्राहकले चाहे जस्तै महसुस गराउन सक्ने अत्यन्तै फरक पहिचानसहित बजारमा स्थापित ब्राण्ड छ । 


    नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समान


    नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समानहरू पाइने भएपछि ग्रहकले आफ्नो खुशी महसुस गर्न सक्ने भएका छन् । 
    बद्लिदो समय र आधुनिकतासँगै नेपालमा पनि फर्निचरका सामानहरू आकर्षक डिजाइन, उत्कृष्टता खोज्ने बानी नेपालीहरूमा छ ।  

    rack.JPG
    अझै शहरी करण बढ्दै जाँदा यस्ता समानहरूको आवश्यकता पनि बढ्दै गएको छ । नेपालमा विदेशबाट समेत अर्बौ रुपैंयाँको समान आयात भइरहेको स्थितिमा स्वदेशी उत्पादनले भरथेग गरी आयात रोक्न बल दिएको छ । 

    कसरी सेवा लिने ?

    करिब करोड रुपैयाँ माथि लगानी रहेको कम्पनी इमाडोल कमलपोखरीमा आफ्नै आउटलेट सोरुम छ । सिधा सम्पर्क गरि आउटलेट शोरुममा जान पनि सकिन्छ । वा कम्पनीको फेसवुक पेजबाट सिधै अर्डर गरी होम डेलिभरी गराउन सकिन्छ । कम्पनीका निर्देशक शालिकग्राम बरालले भन्छन्,  ‘उत्पादनलाई अझै उत्कृष्ट डिजाईन र क्वालिटी दिने हाम्रो उद्देश्य हो । उपभोक्ताहरुको माग र अर्डर अनुसारका विभिन्न सयौं डिजाइनका सामान दिन सकिन्छ ।

    parda.JPG

    घर, कार्यालय, होटललगायतमा प्रयोग गर्न सकिन्छ ।’कम्पनीले उत्पादन गर्ने सामग्रीमा प्रयोग हुने हार्डवयर ९चुक्कुल, कब्जा, ह्यान्डल आदि० मा १० बर्षको वारेन्टी दिएको उनले बताए । पार्टसहरु टेक्नोलोजीमा विश्व प्रसिद्ध मुलुक जर्मनबाट आयात गरिने निर्देशक बरालले बताए ।

    त्यस्तै, कम्पनीले विशेष गरी मोडुलर किचन, फर्निचर र फर्निसिङका अफिसियल र घरायासी सामानहरु बजारमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउँछ। 

     

     

     

    साताको लोकप्रीय