प्रधानमन्त्री ओलीको कदम ‘काशी जानु कुत्तिको बाटो !’, रौँचिरा गनेर बस्ने होइन संयुक्त आन्दोलन गरौँ : नेता पौडेल 

प्रधानमन्त्री ओलीको कदम ‘काशी जानु कुत्तिको बाटो !’, रौँचिरा गनेर बस्ने होइन संयुक्त आन्दोलन गरौँ : नेता पौडेल 

अर्थ डबली
मंगलवार, फागुन ४ २०७७
अर्थ डबली
मंगलवार, फागुन ४ २०७७ (अर्काइभ बाट)
  • प्रधानमन्त्री ओलीको कदम ‘काशी जानु कुत्तिको बाटो !’, रौँचिरा गनेर बस्ने होइन संयुक्त आन्दोलन गरौँ : नेता पौडेल 

    काठमाडौँ / नेकपा नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नु एकदमै गलत भएको बताएका छन् । 

    images
    images

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केपी ओलीको असंवैधानिक कदम नेपाली उखान ‘काशी जानु कुत्तिको बाटो’ जस्तै भएको बताएका हुन् । 

    हेर्नुस् भिडिओमा 

    नेता पौडेलले आफैँले प्राप्त गरेको दुई तिहाई जनमतको व्यवस्थापन गर्न नसकेर आफ्नै दलको अध्यक्ष भएर पनि आफ्नै दललाई व्यवस्थापन गर्न नसकेर हठात् प्रतिनिधिसभा भङ्ग गर्ने र हठात् निर्वाचनको घोषणा गरेर देशमा अस्थिरताको सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् । 

    उनले ओलीको कदम घोर निन्दनिय, असंवैधानिक, अलोकतान्त्रिक भएको बताउँदै सर्वोच्चमा विचाराधिन भएको अवस्थामा ओलीले चुनावमा जान निर्वाचन  आयोगलाई ताकेता गर्नु अत्यन्त लज्जास्पद भएको बताए । 

    उनले भने ‘ल चुनाव भयो भने कुनै दलको प्रधानमन्त्री रिसाउनु होला अनि फेरि संसद विघटन गर्ने ? के यस्तै अस्तिरता खोजेको हो । त्यसैले यो कदम संकटकालतिर जाँदै छ अस्थिरता तिर जाँदै छ ।’

    प्राप्त गरेको लोकतान्त्रिक संविधानको रक्षा गर्न सडकमा जनताले प्रतिरोध गर्ने उनले बताए । उनी भन्छन् ‘यो राजनीतिक संकटको संकट मोचन गर्ने भनेको संयुक्त जनआन्दोलन गर्नु हो । अहिले रौं चिरा गनेर बस्ने होइन तत्काल यो कदमको विरोध गर्ने पक्षहरु एक हुनुको विकल्प छैन ।’

    प्रधानमन्त्रीले आफ्नो मृत्यु आफैँले खोजेर देशमा दुर्घट्ना निम्याएको नेता पौडेलको आरोप छ । उनले भने ‘आफैँँले प्राप्त गरको दुर्इ तिहाइलाइृ किन विघटन गर्नु भो ? न अविस्वासको प्रस्ताव थियो न महाअभियोगको विषय थियो यसैले आफैले आफ्नो मृत्यू खोज्ने दुर्घटना गर्नु भो । पार्टीको कार्ययोजना र नीति हाम्रो पहिलो बजेटमा पनि परेको छैन तर समर्थन गरिएकै थियो ।’

    साताको लोकप्रीय