टाँगा सञ्चालन गर्न नपाउँदा व्यवसायी मर्कामा

टाँगा सञ्चालन गर्न नपाउँदा व्यवसायी मर्कामा

अर्थ डबली
बुधवार, फागुन ५ २०७७
अर्थ डबली
बुधवार, फागुन ५ २०७७ (अर्काइभ बाट)
  • टाँगा सञ्चालन गर्न नपाउँदा व्यवसायी मर्कामा

    बाँके परम्परागत रुपमा टाँगा चलाएर जीविका चलाइरहेका यहाँका बासिन्दा यतिबेला परिवार पाल्न समस्यामा परेका छन् । 

    images
    images

    बर्दियाको गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्न नपाएपछि परिवार पाल्ने कि टाँगा तान्ने घोडा पान्ने उनीहरुलाई समस्या परेको छ । 

    गत चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएदेखि हालसम्म बर्दियासँगै जोडिएको भारतीय सीमामा पर्ने मूर्तिहा नाका सञ्चालनमा नआएपछि यहाँका ४२ टाँगा चालक बेरोजगार भएका छन् । 

    बेरोजगार भएसँगै मूर्तिहा नाकासम्म टाँगा चलाउन पाउनुपर्ने भन्दै उनीहरु प्रशासन कार्यालय बर्दियामा पुगेका छन् ।
     
    टाँगा व्यवसायीमै भर परेका उनीहरु पेशा गरेर खान नपाएपछि दैनिकी कष्टकर बन्दै गएको छ । नाका सञ्चालन नभएकै कारण गरीब टाँगा व्यवसायीको परिवारमा समस्या आएको उनीहरुको पीडा छ । 

    उद्योग बजार यातायातलगायत सञ्चालनमा आएपछि सीमामा वारपार गर्नेलाई मात्रै रोक लगाइएको छ । बन्दाबन्दीका बेला पनि कसैसँग सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् । 

    गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्ने उनीहरु बेरोजगार भएसँगै परिवार पाल्न कठीन भएकाले टाँगा सञ्चालनको अनुमतिका लागि पहल गरिदिन माग गरेका छन् । सरकारले बन्दाबन्दी हटाए पनि टाँगा व्यवसायीले भने आफ्नो व्यवसाय गरेर खान नपाएको अवस्था छ । 

    विपन्न वर्गका आफू जस्ता ४२ जना टाँगा व्यवसायीको स्थिति गम्भीर बन्दै गइरहेको रामबहादुर खटिकले गुनासो गरे । उनीहरु गुलरिया नगरपालिकामा बासोबास गरी परम्परागत रुपमा पूर्खांैदेखि टाँगा चलाई पेट पाल्दै आएका छन् ।

    गुलरियास्थित सुरजपुरसम्म मात्रै टाँगा सञ्चालन गर्न दिइएको भए पनि यात्रु पाउन कठिन छ । मूर्तिहा नाकासम्मै टाँगा सञ्चालन गर्नका लागि व्यवसायीले माग गरेअनुसार बर्दिया जिल्ला प्रशासनले नेपाल सरकारसँग समन्वय गरी सहजीकरणका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। 

     

    साताको लोकप्रीय