महामारीको बेला कर्मचारीलाई सहयोग नगर भन्नु आपत्तिजनक छ – नेता विष्णु रिजाल

महामारीको बेला कर्मचारीलाई सहयोग नगर भन्नु आपत्तिजनक छ – नेता विष्णु रिजाल

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • महामारीको बेला कर्मचारीलाई सहयोग नगर भन्नु आपत्तिजनक छ – नेता विष्णु रिजाल

    काठमाडौं / नेकपा एमाले विष्णु रिजालले विपक्षीहरुहरुले कर्मचारीलाई उक्साउँदै सरकारलाई सहयोग नगर्नु भन्नु आपत्तिजनक भएको बताएका छन् ।

    images
    images
    images

    उनले प्रधानमन्त्री भइसकेको व्यक्तिहरुले समेत यस्तो टिप्पणी गर्नु गलत भएको बताउँदै  भारतमा जयप्रकाश नारायणको जस्तो हविगत हुने तर्क गरे । 

    ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै आब्हान गर्दा राज्यले निकै ठूलो मूल्य चुकाउनु परेको थियो । जबकी जयप्रकाशकै हविगत खराव गरिदिएको थियो । 

    विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र मातहतमा आफैं आइहाल्छ।

    रिजालले सामाजिक संजालमार्फत आग्रह गर्दै भने, प्रम भइसकेका र हुन तीब्र आकांक्षा गरिरहेकाहरुले महामारीका बेला कर्मचारीसँग सरकारलाई सहयोग नगर भन्नु आपत्तिजनक छ।

    नेता रिजाल एमाले विभाजनको संघारमा आइपुग्दा बरिष्ठ नेता माधव नेपालको क्याम्प छाडेर केपी ओली समुहतिर लागेका हुन् । अध्यक्ष ओलीको कडा विरोध जनाउँदै आएका रिजाल अहिले ओली सरकारको बचाउँ गर्दै आएका छन् । 

     

    साताको लोकप्रीय