चेम्बरका अध्यक्ष मल्लद्वारा कर, राजश्व तथा भन्सार समितिका पदाधिकारीहरूलाई मनोनयन पत्र प्रदान 

चेम्बरका अध्यक्ष मल्लद्वारा कर, राजश्व तथा भन्सार समितिका पदाधिकारीहरूलाई मनोनयन पत्र प्रदान 

अर्थ डबली
मंगलवार, श्रावण २६ २०७८
अर्थ डबली
मंगलवार, श्रावण २६ २०७८ (अर्काइभ बाट)
  • चेम्बरका अध्यक्ष मल्लद्वारा कर, राजश्व तथा भन्सार समितिका पदाधिकारीहरूलाई मनोनयन पत्र प्रदान 

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्तर्गत गठित कर, राजश्व तथा भन्सार समितिका सह सभापति र सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरेका छन् । 

    images
    images

    आज एक कार्यक्रममार्फत अध्यक्ष मल्लले सह सभापतिमा मनोनयन भएका टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल र सदस्यहरू नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता,  राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारी, लाई मनोनयन पत्र प्रदान गरे । 

    उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कर, राजश्व तथा भन्सार  क्षेत्रसँग आवद्ध सवै निकायहरु लाग्नुपर्ने बताए । 

    उनले समितिमा नेपालको कर, राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हाशिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका सम्भाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । 

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

    साताको लोकप्रीय