टेलिटक प्राइभेट लिमिटेडलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

टेलिटक प्राइभेट लिमिटेडलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

अर्थ डबली
आइतवार, भाद्र २० २०७८
अर्थ डबली
आइतवार, भाद्र २० २०७८ (अर्काइभ बाट)
  • टेलिटक प्राइभेट लिमिटेडलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

    काठमाडौँ / टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकिया फोनको आधिकारिक वितरकले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।

    images
    images

    ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन् ।

    प्रतीक जलान, टेलिटक प्राइभेट लिमिटेडका निर्देशकले भने, “केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने छ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ ।”

    नेपालमा नयाँ लन्च गरिएको उत्पादन 

    स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएका छन् । साथै फीचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउँनुका साथै सजिलै देश भरीमा उपलब्ध छन् ।

    ब्राण्डले भर्खरै नोकिया एसेन्शीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ ।

    नोकिया एक विश्वसनीय र भरपर्दो ब्रान्ड हो जसले ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ र तीन बर्षसम्मको सेक्युरिटी अपडेट आफ्नो स्मार्टफेनमा प्रदान गर्दछ जहाँ फाइलहरु, भिडियोहरु, फोटोहरु र डाटा सधैं सुरक्षित हातमा रहने छ । नोकियाका फीचर फोनहरु र नोकिया सी १ स्मार्ट फोन विश्वसनीय र टिकाऊ ह्यान्डसेटहरु हुन् जुन ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टीको साथ उपलब्ध छ । 

    एचएमडी ग्लोबल
    स्पु,फिनल्याण्डमा मुख्यालय रहेको, एचएमडी ग्लोबल ओवाई नोकिया फोनहरुको साझा घर हो । एचएमडीले ग्राहकहरु र मूल्य बिन्दुहरुको एक श्रेणीमा लक्षित स्मार्टफोन र फीचर फोनको एक रेन्जलाई डिजाइन गर्दछ । नवीनता र गुणस्तरको लागी प्रतिबद्धताका साथ, नोकिया ब्रान्ड एचएमडी फोन र ट्याब्लेटहरुको इजाजतपत्र भएको प्राप्तकर्ता हो । 

    नोकिया नोकिया कर्परेसनको एक दर्ता भएको ट्रेडमार्क हो । एन्ड्रोइड, गुगल र अन्य सम्बन्धित मार्क र लोगो गुगल एलएलसीको ट्रेडमार्क हो । सबै स्पेसिफिकेसन, सुविधाहरु र प्रदान अन्य उत्पादनका जानकारीहरु सूचना बिना परिवर्तन हुन सक्दछन् ।

    साताको लोकप्रीय