लिट्मस केबलको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश र मधु हमाल नियुक्त

लिट्मस केबलको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश र मधु हमाल नियुक्त

अर्थ डबली
शुक्रवार, भाद्र २५ २०७८
अर्थ डबली
शुक्रवार, भाद्र २५ २०७८ (अर्काइभ बाट)
  • लिट्मस केबलको ब्राण्ड एम्बेस्डरमा महानायक राजेश र मधु हमाल नियुक्त

    काठमाडौँ / लुम्बिनी विद्युत उद्योग प्रा.लि.को उत्पादन लिट्मस केबलको ब्राण्ड एम्बेस्डरमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराई नियुक्त भएका छन् । 

    images
    images

    हालै आफ्नो नयाँ संरचनाको विकास गरी उच्च क्वालिटिका विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्ने दावी गर्दै आएको सो कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि महायक राजेश तथा मधुलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । 

    २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ । 

    लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम Conductor Steel Reinforced (ACSR) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।  

    चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै  जर्मन प्रविधियुक्त नयाँ एड्भान्स मेसिनहरूबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको कम्पनीले दावी गर्दै आएको छ । 

    कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने “कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरूको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको छ ।” 

    सो अवसरमा महानयक हमालले भने “ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग-यौं । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” 

    अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर – ACSR/ABC केबल / XLPE कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्ग FRLS/Concentric/Flexible/Enamelled Winding Wires तथा Paper Insulated Winding Wires र Stripsहरूको उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ । 

    लुम्बिनी विद्युत उद्योग लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगिनी संस्थाका रूपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

    साताको लोकप्रीय