गोर्खाज फाइनान्सको २६ औं साधरण सभाः नयाँ संचालन समितिमा कोको चयन भए ?  

गोर्खाज फाइनान्सको २६ औं साधरण सभाः नयाँ संचालन समितिमा कोको चयन भए ?  

अर्थ डबली
मंगलवार, आश्विन १९ २०७८
अर्थ डबली
मंगलवार, आश्विन १९ २०७८ (अर्काइभ बाट)
  • गोर्खाज फाइनान्सको २६ औं साधरण सभाः नयाँ संचालन समितिमा कोको चयन भए ?  

    काठमाडौं / गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरु मध्ये नेपालको अग्रणी फाइनान्स कम्पनी हो । आर्थिक बर्ष २०७६/ ७७ को २६ औ साधारण सभा यहि असोज  १८ गते होटल क्राउन इम्पेरियलमा सम्पन्न गरेको छ ।

    images
    images

     
    सो साधारण सभावाट नयाँ संचालन समितिहरु चयन भएका छन् । संस्थापक शेयरधनीतर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राईलगायत रहेका छन् । भने, साधारण शेयरधनीतर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् 


    यस्तैगरी स्वतन्त्र संचालकमा प्रधुम्न कुमार भट्टराई रहेका छन् । फाईनान्सले मुख्य कार्यालयसहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेशमार्फत सेवा प्रवाह गरिरहेको छ । हरेक वर्ष उत्कृष्ट नतिजा दिदै आएको यस फाइनान्स मानिन्छ । 

    यस्तै, विभिन्न बचत योजना संंचालन गरिरहेको जनाएको छ  । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिइदै आएको छ । 


    फाईनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा, सर्लाहीलगायत मुलुकभर फैलिएको छ ।

    यद्यपि राजधानी काठमाण्डौ उपत्यका भित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर समेत रहेको छ । यसरी सातैवटा प्रदेशमा गरी २६ वटा शाखाहरु र एक एक्टेनशन काउन्टर संचालनमा छन् । 

     

    बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

    नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

    ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको  बताए ।

    पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । 

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

    साताको लोकप्रीय