महानायकका गुणलाई बिउँताउने आर्टमाण्डुको नौलो प्रस्तुती ‘बिनायो भाकैले’

महानायकका गुणलाई बिउँताउने आर्टमाण्डुको नौलो प्रस्तुती ‘बिनायो भाकैले’

अर्थ डबली
आइतवार, असोज २४ २०७८
अर्थ डबली
आइतवार, असोज २४ २०७८ (अर्काइभ बाट)
  • महानायकका गुणलाई बिउँताउने आर्टमाण्डुको नौलो प्रस्तुती ‘बिनायो भाकैले’

    महानायक को हो ? भन्ने विवाद अहिले उत्कर्षमा छ । तर पुराना नेपाली सिनेमाहरुमा हिरोले देखाउने कर्तब, फाइट, नाच वा गाउने गीतहरु हेर्दा पर्दामा जो देखिन्थ्यो उही महानायक लाग्थ्यो । 

    images
    images

    तसर्थ महानायक सम्बन्धी विवादलाई एकछिनको लागि थाति राखेर विचार गर्ने हो भने महानायकका विशेष गुणहरु सबैको आँखामा झलझली आउँछन्। र यी यादहरुले जो कोहीलाई पनि ९० को दशकको नेपाली सिनेमा घर, वा अझ भनौं चलचित्र मन्दिर, सम्म पुर्याउँछन् । 

    नेपाली सिनेमाको यहि यादगार कोशेलीलाई फेरी एक पटक पर्दामा बिउँताउने जमर्को आर्टमाण्डुले गरेको देखिएको छ।

    भर्खरै सार्वजनिक भएको ‘विनायो भाकैले’बोलको लोक जस्तै लाग्ने आधुनिक गीतमा पछिल्लो समय लोकप्रिय म्युजिक कम्पनी आर्टमाण्डुले नौलो प्रयोग गर्ने कोशिश गरेको जनाएको छ । अंकित बाबु अधिकारीले संगीत दिएको र अधिकारी स्वयं र गायिका सुनिता थेगिमको स्वर रहेको ।

    त्यसका अलावा नव–लेखिका सुष्मा सिग्देलको मौलिक लेखनशैली पनि उत्तिकै जोडदार लाग्छ। साथै गीतको भिडियो हेर्दा लाग्छ कुनै पुरानो नेपाली सिनेमाबाट मौलिक नेपाली सुगन्ध अहिलेको समयमा एउटा ठुलो छलाङ मारेर आइपुगेको छ ।

    गीतको भिडियोमा एउटा गाउँले मेला र त्यसमा हुने नाचगानलाई प्रस्तुत गरिएको छ । भिडियोमा विजु पार्की र कविता नेपालीले मनै लोभ्याउने नृत्य प्रस्तुत गर्छन्, र साथै सम्रान्त थापा, सेबिता अधिकारी, काजी राना, अन्वेष थुलुङ्ग, सुजन भट्टराई लगायतको अभिनय पनि देख्न सकिन्छ । 

    गीतको संगीत संयोजन रिकेश गुरुङ ‘किज’ले गरेका हुन् भने रेकर्डिङ्ग शार्दुल श्रेष्ठ र सुजन भट्टराईले आर्ट्माण्डूकै स्टुडियोमा गरेका हुन् । गीतको मिक्सिंग कोबिद बज्रले गरेका हुन् । 

    गीतमा विजय राई, विकाश लिम्बु, ममता गुरुङ र विज्ञानी पराजुलीको पनि स्वर सुन्न सकिन्छ । अभिनयमा पनि विकास बलामी, स्वेता के.सी., अस्मी भुजेल र विशाल गुरहूलाई पाउन सकिन्छ।

    भिडियोलाई पुरानो जस्तो लाग्न निकै मिहेनत गरेको देखिन्छ।  भिडियोलाई छायाँकार सुसन प्रजापतिले ग्रामिण परिवेशको रमाइलोलाई दुरुत उतारेका छन् । 

    यसको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् भने अवधारणा एवं पटकथा अन्वेश राई थुलुङ्गको रहेको छ  । यस गीतलाई लाहुरे सिंह र बिजु पार्कीले कोरियोग्राफ गरेका छन् ।

    साताको लोकप्रीय