आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? 

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? 

अर्थ डबली
मंगलवार, आश्विन २६ २०७८
अर्थ डबली
मंगलवार, आश्विन २६ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

    images
    images

    हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ।

     आगामी तीन दिनको मौसम पूर्वानुमान 

    २०७८ आश्विन २६ गते (मंगलबार)

    दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू(भागको एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू(भागका वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    २०७८ आश्विन २७ गते (बुधबार)

    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    २०७८ आश्विन २८ गते (विहीबार)

    दिउँसो : देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती :  देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती  प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

     आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय