सिभिल बैंकले ‘सुरक्षित दशैँ मनाऔँ’ नाराका साथ सि.एस.आर कार्यक्रम गर्ने 

सिभिल बैंकले ‘सुरक्षित दशैँ मनाऔँ’ नाराका साथ सि.एस.आर कार्यक्रम गर्ने 

अर्थ डबली
मंगलवार, असोज २६ २०७८
अर्थ डबली
मंगलवार, असोज २६ २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकले ‘सुरक्षित दशैँ मनाऔँ’ नाराका साथ सि.एस.आर कार्यक्रम गर्ने 

    काठमाडौँ / सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा ‘सुरक्षित दशैँ मनाऔं’ भन्ने सि.एस.आर कार्यक्रम गर्ने भएको छ ।  बैंकले ‘सुरक्षित दशैँ मनाऔँ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ । 
     
    वडा दशैंको नवौं  दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरूमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै  बैंकले काठमाडौँको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ । 

    images
    images

    यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वताएका छन् ।  

    साताको लोकप्रीय