ग्लोबल आइएमई बैंकले ल्यायो विजया दशमीको दिनमा क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकले ल्यायो विजया दशमीको दिनमा क्यासब्याक योजना

अर्थ डबली
बिहिवार, असोज २८ २०७८
अर्थ डबली
बिहिवार, असोज २८ २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकले ल्यायो विजया दशमीको दिनमा क्यासब्याक योजना

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले दशैं क्यासब्याक योजना ल्याएकोे छ । बैंकले नेपालीहरूको महान चाड विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन तथा सुखद अवसरमा सुख, शान्ती र सम्बृद्धिको कामना सहित सम्पूर्ण ग्राहकहरूका निमित्त सो योजना ल्याएको हो । 

    images
    images
    images


    यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म ‘दशैं दक्षिणा’लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनेछन् । 
    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

    साताको लोकप्रीय