युट्युवबाट सिकेर व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल

युट्युवबाट सिकेर व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल

अर्थ डबली
आइतवार, असोज ३१ २०७८
अर्थ डबली
आइतवार, असोज ३१ २०७८ (अर्काइभ बाट)
  • युट्युवबाट सिकेर व्यावसायिक च्याउखेतीमा रमाउँदै अर्याल

    वालिङ / च्याउ बिक्रीबाट वालिङ – २ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । 

    images
    images

    झण्डै नौ वर्ष खाडीका मुलुकहरुमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिकरुपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् । 

    विगत तीन वर्षदेखि व्यावसायिकरुपमा च्याउ खेती थालेका अर्यालले वार्षिकरुपमा मनग्य आम्दानी गर्दै आएका हुन् । 

    यूट्यूबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित हुनुभएकाले अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थालेका हुन् । 

    च्याउको सम्भावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा दुई हजार मुढामा सीताके च्याउ र पाँच सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए । 

    “छ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो”, उनले भने, “हाल दुई ठाउँमा रहेको फर्ममा झण्डै दश हजार मुढामा सीताके च्याउ छ ।”

    व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झण्डै ९० लाख लगानी भएको उनी बताउँछन् । 

    अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेको बताए ।  शुरुका वर्षहरुमा लगानी धेरै भएपनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ थियो ।

    शुरुका २/३ वर्ष निक्कै संघर्ष गर्नुपरेपनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी रु। ५०० र कन्य च्याउ प्रतिकेजी रु. २५० मा बिक्री गर्दै आएका छन् । 

    “उत्पादन गर्न झ्याउ मान्न भएन, उत्पादन जति गरेपनि बजारको कुनै समस्या छैन”, उनले भने, “यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारहरुमा खपत हुँदै आएको छ ।”

    मुढाको आकार अनुसार न्यूनतम २÷३ केजीदेखि अधिकतम ७÷८ केजी एक पटकमा उत्पादन लिन सकिने छ । एकपटक तयार पारेको मुढाबाट ५÷६ वर्ष उत्पादन लिन सकिन्छ । हाल उनको फार्ममा बाह्रैमास उत्पादन दिने उन्नत जातको च्याउ रहेको छ । 

    अर्यालले थाल्नुभएको च्याउ खेतीलाई थप व्यावसायिक बनाउनका लागि वालिङस्थित कृषि विकास स्रोत केन्द्रमार्फत आवश्यक तालीम तथा प्रविधिहरु हस्तान्तरण गरिएको कृषि विकास स्रोतकेन्द्रका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए । 

    साताको लोकप्रीय