एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि भोटिङ शुरु 

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि भोटिङ शुरु 

अर्थ डबली
बुधवार, कार्तिक १० २०७८
अर्थ डबली
बुधवार, कार्तिक १० २०७८ (अर्काइभ बाट)
  • एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि भोटिङ शुरु 

    काठमाडौँ / सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ । 

    images
    images

    छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये ३ महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रिया मार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

    ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ विधामा गत शनिवार आयोजना भएको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन मार्फत उत्कृष्ट ५ को छनौट गरिएको हो । 
    छनौटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि शुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागी हुनु पर्नेछ ।

    यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुल्ला गरिएको छ । जुरीको छनौट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ । 

    छनौट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पु-याउ सर्भिसेस प्रा.लि रहेका छन् । 

    स्टार्टअप आइसिटी अवार्ड २०२१ विधामा ५० बढी आइसिटी स्टार्टअप कम्पनीहरूको नोमिनेशन प्राप्त भएको थियो । विभिन्न ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ छनौट गरिएको आयोजकले जनाएको छ । 

    प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरुमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् ।

    यस विधामा ४० बढी आइसिटी प्रडक्टहरूको नोमिनेशन प्राप्त भएको र ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । 

    राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेशन प्राप्त भएको थियो । 

    यी ३ विधा बाहेक अवार्डमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड गरी ४ विधा व्यक्तिको लागि समावेश गरिएको छ । 

    यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र नीजि क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेशन पश्चात् छनौट जारी रहेको छ । 

    एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एशोसिएशन विथ जिनस, पावर्ड वाई ह्वावे २०२१ का लागि विभिन्न ११ विधामा ४०० बढीको नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ । अन्य ८ विधामा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । 

    सर्वोत्कृष्ट छनौटका लागि १२ जना जुरी र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । आइसिटी अवार्ड नेपालको डिजिटल इकोसिस्टमको विकासमा एक महत्वपूर्ण प्रयास भएको हुँदा यसमा यस क्षेत्रका सबै व्यक्ति, संस्था र नवप्रर्तकहरूको आआफ्नो पक्षबाट सहयोग, सहकार्य र सहभागिता रहेको लम्सालले बताए ।

    सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा प्रविधि क्षेत्रमा कृयाशील व्यक्ति, संस्था, इन्नोभेसन र स्टार्टअपहरूको प्रवद्र्धन लागि एक महत्वपूर्ण प्लाटफर्मको रूपमा विकास भएको सहभागी बताउँछन् । आइसिटी अवार्डको छनौट प्रक्रिया अन्तर्गत नै स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन, फिल्ड भिजिट, पब्लिक भोटिङ लगायतका प्रक्रियाहरू आयोजना गर्ने गरिन्छ । 

    ICT award.JPG

    छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनु नै आइसिटी अवार्डको महत्वपूर्ण उपलब्धि रहेको सल्लाहकार प्राडा. सुवर्ण शाक्य बताउँछन् । आइसिटी अवार्डले इन्नोभेसन, स्टार्टअप र आइडियालाई उद्यमशीलतासँग जोडेर अघि बढाइरहेको कारणले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले बताए । 

    यस वर्ष आइसिटी अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर, ह्वावे, एनसेल, नेपाल टेलिकम, इसेवा, डिसहोम लगायतका संस्थाहरूबाट महत्वपूर्ण सहयोग रहनेछ । 

    आइसिटी अवार्ड २०२१ मा एफवानसफ्ट शीर्ष प्रायोजक रहेको छ भने जिनस इन एशोसिएशन विथ, ह्वावे पावर्ड वाई स्पोन्सर रहेका छन ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर, एनसेल क्याटेगोरी स्पोन्सर रहेको छ । अवार्ड कार्यक्रममा एनटिए, नाष्ट, एनआइटिसी, प्रेसिडेन्सियल बिजनेशन स्कुल, ई–सेवा, इमिनेन्स वेइज, अपग्राड, डिस होम, एनएमबी बैंक, हाम्रो पात्रो, टेक्नोरियो लगायतका संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ । 

    आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ अर्थात् पुस २ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

    साताको लोकप्रीय