Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

ग्रामीण पर्यटनः  आर्थिक विकास र समृद्धिको सम्भावना


२०७८ कार्तिक, ११ बिहिवार
  • 500
    SHARES

  • ग्रामीण पर्यटनः  आर्थिक विकास र समृद्धिको सम्भावना

    नेपाल जैविक विविधता र भौगोलिक रमणीयता भएको देश हो । नेपालको प्राकृतिक सुन्दरताको बारेमा विश्व पर्यटन बजार मै चर्चा भएको पाइन्छ । संसारको अग्लो हिमाल सगरमाथासहित आठ हजार मिटर भन्दा अग्ला आठ हिमशिखरहरू नेपाल मै छन् । 

    images

    गौतम बुद्ध जन्मेको देश नेपाल बुद्ध धर्मावलीहरूको पवित्र ठाउँ पनि हो भने पशुपतिनाथ, मुक्तिनाथ जस्ता हिन्दु धर्मका प्रसिद्ध धार्मिक स्थानहरू नेपालमा पर्दछन् । 

    निकुञ्ज क्षेत्र, आरक्षण क्षैत्र, संरक्षित क्षेत्रहरू रहेको र ती क्षेत्रहरूमा विभिन्न वन्यजन्तु वन्यजन्तु, पंक्षी, र सरीसृपका प्रजातिले नेपालको सुन्दरता बढाएको छ । विभिन्न प्रकारका बनस्पती तथा ताल तलैया एवं नदी र झरनाले नेपालको रमणीयता प्रर्दशित गरेको छ । 

    विविध हावापानी, बिभिन्न जात जाति, भाषा, संस्कृति, रहन सहन र संस्कारले नेपाल प्राकृतिकरूपमा धनी छ भन्ने पुष्टि गरेको छ । नेपाल पर्यटकीय सम्भावना भएको देश भएकोले आर्थिक विकासमा पर्यटन क्षेत्रले धेरै सहयोग पुग्ने देखिन्छ । 

    विश्व पर्यटन बजारमा द्रिलियन डलरको पर्यटन व्यवसाय भएको आँकडा छ भने नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको २.६ प्रतिशत योगदान रहेको, प्रतिबर्ष ३१ हजार रोजगारी सृजना हुने, प्रतिदिन पर्यटक खर्च ५४ डलर रहेको र औसत पर्यटक बसाई १३ दिन रहेको तथ्याङ्क छ । प्रस्तुत तथ्याङ्क कोभिड माहामारी अघिको हो । 

    विश्व पर्यटनलाई ब्यवस्थित गर्न सयुक्त राष्ट्र संघले (United nations World Tourism Organization)को स्थापना गरी पर्यटनको प्रर्बद्धन गर्न जोड दिएको छ । पर्यटन क्षेत्रको विकासका लागि क्षेत्रीय संगठनहरू समेत अग्रसर छन् । विश्व पर्यटन व्यवसायको सञ्जालीकरणले पर्यटनको आर्थिक सम्भावनालाई बढाएको छ । 

    नेपालमा पर्यटन क्षेत्रको विकासका लागि संरचनागत र नीतिगत व्यवस्था गरिएको छ । नेपालको संविधानमा राज्यका नीति र निर्देशक सिद्धान्तले पर्यटन विकासको संकल्प गरेको छ । 

    आवधिक योजनामा नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तब्यको सोच सहित पर्यटन क्षेत्रबाट आर्थिक विकास गरी रोजगारी सृजना गर्ने, गरिबी निवारण गर्ने र जीवनस्तर सुधार गरी समृद्धि ल्याउने खाका प्रस्तुत छ । पर्यटन नीति, पर्यटन क्षेत्रका पर्यटन प्रर्बद्धन गर्ने ऐन नियमहरू समग्र पर्यटनको विकासका लागि सक्रिय छन् ।

    पर्यटनको प्रचुर सम्भावनाको अवसरलाई नेपालको आर्थिक पाटोमा कसरी बदल्ने र नेपालीको जीवनयापनसँग कसरी जोड्ने भन्ने बिषयमा हाम्रो शासन प्रणालीले सम्बोधन गर्नुपर्ने हुन्छ ।

    राज्यको मूल नीति राजनीतिले पर्यटनसँग आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रको सम्बन्ध जोडी व्यवसायिकताको प्रर्बद्धन गर्ने वातावरण बनाउनु पर्दछ । 

    नागरिकलाई पर्यटन र व्यवसायिकताबीच संयोजन गरी आर्थिक प्रतिफल निकाल्ने सीप र कौशलले तिखार्नु पर्ने हुन्छ । आन्तरिक उत्पादन र पर्यटन एवं रोजगारी र पर्यटनका लागि कुशल ब्यवस्थापन गर्न लगानी र सीपको आपूर्ति बढाउनु पर्ने देखिन्छ ।

    कोभिड माहामारीले पर्यटनमा पारेको असर विश्व पर्यटन बजारमा छताछुल्ल छ । मानिसको आवत जावतमा बन्देज लगाइएको अवस्थामा पर्यटन ब्यवसायका सञ्जालहरू ठप्प रहे, रोजगारी गुम्यो पर्यटन बिधाका उपभोग्य वस्तुहरूको गतिशीलता रोकियो । नेपालको अवस्था पनि विश्व परिवेशबाट टाढा रहेन ।

    माहामारीको उतारचढावमा अब कसरी पर्यटनलाई जागृत गर्ने भन्ने बिषयको वौद्धिक वहस भइरहेको छ । नेपालको पर्यटनलाई सिथिल अवस्थाबाट जागृत गर्नु पर्ने बेला आएको छ । नेपालको पर्यटन बजारलाई गाँउसम्म पुर्याई आर्थिक लाभ लिन ग्रामीण क्षेत्रमा पर्यटन ब्यवसाय प्रर्बद्धन गर्न तत्परता देखाउनु पर्ने भएको छ ।

    नेपालको ग्रामीण पर्यटन धेरै सम्भावना भएको क्षेत्र हो । बिविध हावापानी, जनजीवन, रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, सास्कृतिक सम्पदा र संस्कारले भरिपूर्ण तथा प्राकृतिक रमणीयताको परिवेशले गाउँको पर्यटन आशा लाग्दो र सम्भावना बोकेको क्षेत्र हो ।

    पर्यटन गाउँको नयाँ व्यवसायिक क्षेत्र पनि हो । ग्रामीण क्षेत्रबाट बसाइसराई गर्ने अवस्थाले गाउँको महत्त्व कम हँुदै गएको अवस्थामा ग्रामीण पर्यटनले गाउँको अवसर बढाइ बसाइसराईमा नियन्त्रण गर्न सक्छ । 

    ग्रामीण पर्यटनका लागि पर्यटन पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकलाई सुरक्षित तवरले गन्तब्यमा पुग्न यातायातको सुबिधाका लागि हवाई सेवा, सडक, घोरेटो बाटो जस्ता पूर्वाधार हुनु पर्दछ । ग्रामीण क्षेत्रमा धेरै कच्ची सडकहरू छन् र ती सडक प्राबिधिक रूपमा सक्षम छैनन् । 

    जबरजस्ती कच्ची सडक बनाउदा गाँउको रमणीयताको विनास भएको छ । ग्रामीण पर्यटन प्रर्बद्धन गर्न ब्यवस्थित सडक बनाउने र घोरेटो बाटोको संरक्षण गरी ट्रकिङ र हाइकिङको सुबिधा दिलाउन तर्फ ध्यान दिनुपर्छ ।

    सडकको दीर्घकालीन योजनासहित र प्राबिधिक दृष्टिले उपयुक्त एवं वातावरणीय अनुकूल बनाइ गाउँको रमणीयताको संरक्षण गर्नुपर्छ । 

    सडकले ग्रामीण र शहरी क्षेत्र जोड्ने एवं पर्यटकीय गन्तब्यको पहुचलाई सहज बनाउन ध्यान दिनु आवश्यक छ । पर्यटक बस्ने होटेल, होमस्टेहरूको ब्यवस्था गर्ने र पर्यटनका धरोहरहरू मठ, मन्दिर, गुम्बा, ताल, झरना वन जंगल, बन्यजन्तु तथा ग्रामीण प्रबिधिहरूको संरक्षण गर्नुपर्छ । 

    यी धरोहरहरूको रमणीयता र महत्त्वका आधारमा पर्यटकलाई भुलाई आनन्द दिन सकिन्छ । ग्रामीण पर्यटन प्रर्बद्धनको दोस्रो महत्वपूर्ण पक्ष पर्यटकको खाना हो । गाउँको स्वादिलो, अर्गानिक र स्वस्थ्यकर खाना स्थानीय उत्पादनबाट बनाई खुवाउने सीप गाउँमा हुनुपर्छ । गाउँमा प्राप्त हुने प्राकृतिक र खानयोग्य बस्तुको बिभिन्न परिकार बनाउने र पर्यटकलाई लोभ्याउने कौशलता देखाउन जोड दिनुपर्छ । 

    गाउँका स्थानीय पेय पदार्थ बनाई पर्यटकलाई आनन्द दिलाउने र गाउँको पहिचान देखाइ पर्यटक पुनः आउने वातावरण बनाउन बिशेष ध्यान दिनु आवश्यक छ ।

    गाउँको मेला जात्रा, पर्व तथा बिशेष दिनको अवसरमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न कार्यक्रम सहितका सूचनाहरू पर्यटक माझ पुर्याउने र सो अवसरमा हाटबजारको ब्यवस्था गरी स्थानीय उत्पादनको पहिचान र बिक्री बितरण गर्ने एवं स्थानीय बस्तुको बजार प्रर्बद्धन गरी गाउँलेको आम्दानी बढाउन सकिन्छ ।

    स्थानीय बिशेष उत्पादनलाई कोशेलीको रूपमा लैजाने प्रबन्ध मिलाउन कोशेली घरको ब्यवस्था गर्न सके राम्रो हुन्छ । यो पर्यटन प्रर्बद्धनको तेस्रो महत्वपूर्ण पक्ष हो ।

    ग्रामीण पर्यटन प्रर्बद्धनको चौथो महत्वपूर्ण पक्ष पर्यटन बिधाको अवलोकन हो । गाउँको भौगोलिक रमणीयता, पर्यटकीय धरोहरहरू पुरातात्विक वस्तु, मठ मन्दिर, गूम्बा, ताल, झरना, बन्यजन्तु, अग्लो स्थानबाट देखिने दृश्य जे गाउँको सम्भावना छ त्यसको अवलोकन गराउनु र पर्यटकलाई आनन्द दिलाउनु पर्छ । अवलोकनका लागि स्थानीय स्तरमा पथप्रर्दशकको ब्यवस्था गरी स्थानीय धरोहरको बिस्तृत जानकारी गराई पर्यटकीय लाभ दिलाउने वातावरण बनाउनु पर्छ ।

    nepal.jpg गाउँको सांस्कृतिक बिधालाई प्रर्दशनी गरी पर्यटकलाई आनन्द दिलाउनु ग्रामीण पर्यटनको पाँचौ महत्वपूर्ण पक्ष हो । गाउँले जीवनको रहन सहन, संस्कार र रितिरिवाजलाई पर्यटक माझ प्रर्दशन गरी पर्यटकको मन जित्न सक्नु पर्दछ । गाउँका पुर्खाले प्रयोग गरेका समानहरू तथा प्राचीन प्रबिधि पनि पर्यटकका मन जित्ने वस्तु हुन् । यी बस्तुको प्रर्दशनीबाट पनि पर्यटकलाई आनन्द दिन सकिन्छ ।

    पर्यटकको सुरक्षा, सूचना र सञ्चारको पहुच र आधारभूत स्वास्थ्य सेवा ग्रामीण पर्यटनका अर्को महत्वपूर्ण पक्ष हुन । पर्यटकको घुमफिरमा सहज वातावरण बनाउने र कुनै अवरोध हुन नहुने अवस्था सृजना हुनु पर्दछ ।

    पर्यटक सुरक्षामा कुनै सौदाबाजी गरिनु हुदैन । पर्यटकको लागि फोन तथा इन्टरनेटको सुबिधाको पहुँचले घुमफिर र बसाइमा थप मनोरञ्जन दिलाउछ । पर्यटकको आधारभूत स्वास्थ्य सुबिधाले पर्यटकको आत्मविश्वास बढाइ पर्यटन प्रर्बद्धनमा टेवा पुर्याउछ । पर्यटनको प्रर्बद्धन गर्न शहरी पर्यटन र गाउँको सम्बन्ध जोड्नु पर्दछ ।

    शहरको भ्रमणमा आएका पर्यटकलाई पायक पर्ने सुरक्षित ग्रामीण क्षेत्रको भ्रमण गराउने र एक रात गाउँमै बस्ने ब्यवस्था मिलाउने पर्यटन कार्यक्रममा अनिवार्य गर्न जोड दिनु आवश्यक छ । 

    कर्मचारीलाई पर्यटन भ्रमण काज दिने ब्यवस्थामा ग्रामीण क्षेत्रको भ्रमणलाई समाबेश गर्नु राम्रो हुन्छ । ग्रामीण पर्यटन प्रर्बद्धन गर्न शहरी क्षेत्र र जोडिएका गाउँसँग पर्यटकीय योजनासहित अघि बढ्नु पर्दछ  ।

    ग्रामीण पर्यटनका लागि स्थानीय उद्यमीलाई आवश्यक तालीम दिने, घरमा बसौं ९ज्यmभ कतबथ०को मापदण्ड तोक्ने र स्थानीय उत्पादनलाई संरक्षण गर्ने जस्ता बिषय सरकारले बिशेष जोड दिनु आवश्यक छ । । यी समग्र पर्यटकीय बिकासका लागि ग्रामीण पर्यटन गुरू योजना बनाई पर्यटनबाट आर्थिक प्रतिफल लिन तत्परता देखाउनु प्रर्दछ ।

    ग्रामीण पर्यटनका माथि उल्लेखित गतिबिधिले पर्यटन क्षेत्रबाट मनग्गे आम्दानीको अवसर प्रदान गर्दछ । गाउँमा खेतिपाती पनि गर्नु पर्ने र फुर्सदमा थप आम्दानीका लागि ग्रामीण पर्यटनको अवसरबाट लाभान्वित हुन सकिन्छ । गाउँको पर्यटन प्रर्बद्धन गर्न सामूहिक प्रयत्न समेत गर्नु पर्ने हुँदा सम्बन्धित पालिकाले यस बिषयमा नेतृत्वदायी भूमिका निर्वाह गरी स्थानीय जनतालाई लाभान्वित गर्न जागरण ल्याउनु पर्दछ । 

    nepal.jpg

    संघीय संरचनाको शासकीय ब्यवस्थामा प्रदेशले आफ्नो प्रदेशभित्र ग्रामीण पर्यटन प्रर्बद्धन गर्ने गरी पालिका समेतको साझेदारीमा प्रदेश पर्यटन नीति र पर्यटन सम्बन्धी ऐन नियम बनाई लागू गर्ने र पालिकाले आफ्नो मौलिक पहिचानलाई प्रदशन गर्ने गरी पर्यटन गुरू योजना बनाइ लागू गर्ने एवं त्यसको लाभ स्थानीय जनताले पाउने सुनिश्चितता गर्नु पर्छ ।

    गाउँको रमणीयता  (Beautification) को संरक्षण गर्न बिकास निर्माण गर्दा बिशेष ध्यान दिई काम गर्नुपर्छ । 

    प्राकृतिक रमणीयता, बिविध सांस्कृतिक सम्पदा र आकर्षक पर्यटकीय गन्तब्य नै हाम्रो पर्यटकीय सम्पदा हुन । प्रकृतिले दिएको सुन्दरतालाई ब्यवसायिकतामा बदली आर्थिक प्रतिफल प्राप्त गर्न पर्यटन क्षेत्रमा ठूलो अवसर रहेको छ । प्रकृतिको सुन्दरताको बखान गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गरी पर्यटकीय लाभ हासिल गर्न हामी सक्षम हुनु पर्छ । 

    ग्रामीण पर्यटन र ब्यवसायबीच संयोजन गरी स्थानीय जनताले समृद्धि पाप्त गर्न तर्फ अग्रसर हनु आवश्यक छ । 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images