मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन - चाणक्य, पढ्नुस् विश्व विख्यात १४ दार्शनिकका उत्कृष्ट भनाईहरु

मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन - चाणक्य, पढ्नुस् विश्व विख्यात १४ दार्शनिकका उत्कृष्ट भनाईहरु

अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८
अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८ (अर्काइभ बाट)
  • मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन - चाणक्य, पढ्नुस् विश्व विख्यात १४ दार्शनिकका उत्कृष्ट भनाईहरु

    हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति व्यक्तित्वहरु छन् जसका विभिन्न प्रेरक प्रसंगले मात्रै पनि तपाई हाम्रो जिन्दगीलाई खुराक मिल्छ । अघि बढ्ने प्ररणा दिन्छ । समय, आफन्त परिवार, साथीभाई बुझ्न साहस मिल्छ ।

    images
    images

    जिन्दगीलाई सहि बाटोमा डोर्याउन मद्धत गर्दछ । चाहे ऐतिहासिक व्यक्तित्व चाणक्य हुन् पूर्विय सभ्यताका एक से एक दार्शनिक वा विश्वविख्यात अल्वर्ट आइन्स्टाइनदेखि थोमस एल्वा एडिसन वा ग्यालिलियो हुन् ।

    उनीहरुका जिवनका प्रेरणात्मक कथाले पनि हामीलाई सुन्दर जिवन बनाउन प्रेरित गर्दछ । पढौं आज करिब १४ विश्व विख्यात दार्शनिकदेखि वैज्ञानिकसम्मका उत्कृष्ट १४ वाणीहरु 

    forex nepal.JPG
    १] या त तपाईले दिनलाई चलाउनुहुन्छ, या त दिनले तपाईलाई चलाउनेछ । 
    — जिम रोन

    २ ] केही पनि स्वत बन्दैनन्, त्यसलाई आफैले बनाउनुपर्छ । 
    — जोन एफ केनेडी

    ३ ] संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ । 
    — थोमस पेन

    ४ ] जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन । 
    — बेन्जामिन मेस

    ५ ] तिमी आफू जो हो त्यो बन, किनकी बाँकी सबै प्रयोग भइसकेक छन् । 
    — वाइल्ड, ओस्कार

    ६ ] पहिले उनीहरूले तिमीलाई ध्यान दिनेछैनन्, त्यसपछी तिमीउपर हास्नेछन्, त्यसपछी तिमी बिरूद्ध लड्नेछन् र तिमीले जित्नेछौ । 
    — महात्मा गान्धी

    ७ ] म जिन्दगीमा पटक पटक असफल भए यसैले त आज म सर्वाधिक सफल हुन सके । — माइकल जोर्डन

    ८ ] तिमी अरूको भावनासँग कहिल्यै नखेल्नु, यस खेलमा तिमीले जित्न त जितौला तर त्यहाँ कसैलाई जीवनभर गुमाउने जोखिम हुन्छ । 
    –शेक्सपियर, विलियम

    ९ ] विश्वले दुःख भोग्नुको कारण खराब मानिसको आतंक नभइ असल मानिसको मौनता हो । 
    — बोनापार्ट, नेपोलियन

    १० ] म तिनीहरू प्रती आभारी छु जसले मलाई सहयोग गर्न अस्विकार गरे । यसैकारण आज म सबै आफैले गर्न सक्षम भएको छु । 
    –आइन्स्टाइन, अल्बर्ट

    ११ ] जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो संकल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो । 
    — लिंकन, अब्राहम

    १२ ] जब तिमी उज्यालोमा हुन्छौ, सबैले तिम्रो साथ दिन्छन् तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छाँयाले पनि साथ छोडिदिन्छ । — हिटलर, एडोल्फ

    १३ ] कुनै पनि मानिस आफ्नो कर्मद्वारा महान हुन्छ, जन्मद्वारा होइन । 
    — चाणक्य

    १४ ] धेरैजसो मानिसहरू मुर्दाको जस्तो जीवन बाँचिरहेका छन् । तर खुसीको कुरो हो कि यो कुरो उनीहरूलाई पत्तो समेत हुदैन ।
     — इब्सन, हेनरिक

    साताको लोकप्रीय