सुक्खाबन्दरगाहको ‘इआइए’ हुँदैः दुई सय ७८ बिघा क्षेत्रफल ओगट्ने, रु सात अर्ब लागत अनुमान 

सुक्खाबन्दरगाहको ‘इआइए’ हुँदैः दुई सय ७८ बिघा क्षेत्रफल ओगट्ने, रु सात अर्ब लागत अनुमान 

अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८
अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८ (अर्काइभ बाट)
  • सुक्खाबन्दरगाहको ‘इआइए’ हुँदैः दुई सय ७८ बिघा क्षेत्रफल ओगट्ने, रु सात अर्ब लागत अनुमान 

    कञ्चनपुरको दोधारा चाँदनीको मायापुरी र गौरी शङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने भनिएको सुक्खाबन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ ।

    images
    images


    करिब दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको छ । 
    सुक्खाबन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन् ।

    दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खाबन्दरगाहको कागजी कामसमेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 


    “केही समयअघि मात्रै इआइएका लागि फिल्डमा काम थालेका थियौँ”, निर्देशक गजुरेलले भने, “सुक्खाबन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ ।” 

    उनले इआइए स्वीकृतिपछि अन्य काम थालिने बताए । विसं २०६२/ ०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो । 

    यहाँ स्थापना हुने सुक्खाबन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ ।

    तीन वर्ष दश महिनाभित्र सुक्खाबन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । 

    दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए । 


     त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सुक्खाबन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताए । 

    उनले दशक अघिदेखि सुक्खाबन्दरगाह निर्माणको तखबर रहे पनि सुरु हुन ढिलाइ भइरहेको बताए । 
    “सुक्खाबन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ ।” अध्यक्ष मल्लले  भने, “सुक्खाबन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ ।”

    साताको लोकप्रीय