राति निद्रा लाग्दैन, मदिरापान ठीक वा सेक्स !, अपनाउनुस् यी  १८ उपायहरु

राति निद्रा लाग्दैन, मदिरापान ठीक वा सेक्स !, अपनाउनुस् यी  १८ उपायहरु

अर्थ डबली
बिहिवार, कार्तिक २५ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक २५ २०७८ (अर्काइभ बाट)
  • राति निद्रा लाग्दैन,  मदिरापान ठीक वा सेक्स !, अपनाउनुस् यी  १८ उपायहरु

    जो मानिसहरु रातमा केवल ५ ६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले  बताएको छ ।

    images
    images

    विज्ञानको अनुसन्धानले पनि यस्तै बताएको छ दिनभरको भागदौड, तनाव तथा धेरै कामका कारण निद्रा नपाइरहेका छन् । धनका धनीहरु अहिले निद्रा किनेर सुत्छन् । 
     उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घन्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ, त्यति निद्रा घट्दै जान्छ ।निद्रा लागेन भन्दै स्लिपिङ ट्याब्लेट खानु भने हुँदैन ।

    १. हल्का बत्तिको प्रयोगः 

    बेडरुमलाई सफाचट राख्नुहोस् । सुत्ने कोठाको तापक्रम सन्तुलित बनाउनुहोस् । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनुहोस्, विस्तारै निद्रा आउँछ ।

    २. मोबाइल स्वीच अफ गर्ने

    –ओछ्यानमा पल्टिएपछि तपाईको मोबाइल चलाउने बानी हुन सक्छ । जसले तपाईको निद्रा पर्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ । र मोबाइल ओछ्यानमा हेर्ने बानी त्याग्नुस् । रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग नगर्नुस् ।

    ३. ब्यायमको सन्तुलन  
     कसैको सुत्नुअघि कडा व्यायाम  गर्ने बानी हुन सक्छ ।  जसको कारण शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । यसैले यो बानी हटाउनुस् । सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ ।

    sleep.PNG

    ४. हलुका खान खानु राम्रो 
    तपाईले सुत्नु अघि खान कसरी खानुहुन्छ त्यसले धेरै प्रभाव राखेको हुन्छ । राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ ।
    सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नुहोस् । यसले रातमा मीठो निद्रा जगाइदिन्छ ।

    ५. सुत्नुभन्दा दुई घण्टा अघि मदिरापानः 

    निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । यसले तपाईको शरिरलाई मात्रै हानी गर्दैन निद्रा विगार्दै जान्छ । ज्यानै विगार्छ ।  किनकि, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या बनाउँछ ।  मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ ।  निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नु हुँदैन । बढीमा दुई पेग मदिरा पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ, जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ, जसले निद्रालाई भंग गरिदिन्छ ।

    ६. निकोटिनले निदाउन दिदैनः 

    चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । यसैले चुरोट छोडिहाल्नुस् । कसैको सुत्ने समय चुरोट लिने आदद हुन्छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि चुरोट नखानु सबैभन्दा उत्तम । 
     ७. औसधिको असर निद्रालाईः 

    तपाई नियमित औषधि लिने गर्नु भएको छ भने ध्यान दिनुस् औषधिको समय परिवर्तन गर्नुस् । प्रेसर, डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने व्यक्ति हो भने  यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

    ८= डायरी लेख्नेलाई सहजः 

    सुत्नेबेला अनेक कुरा मनमा खेल्न सक्छ । यदि त्यस्तो बानी छ भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा पर्छ ।

    ९ केफिनयुक्त पेय पदार्थ त्याग्नेः 

    दिउँसो दुई बजेपछि चिया, कफीजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन । यस्तो पेय पदार्थ लिनु एक प्रकारको नसा नै हो । जति छिटो सुधार गर्यो उति राम्रो । 

    १०. नुहाउने बानी पनि राम्रो होइनः 

    धेरैको बानी हुन्छ कामबाट फर्किएपछि न्यानो पानीले नुहाउने । अब बन्द गर्नुस्  यसले पनि तपाईको निद्रालाई असर गर्दछ ।नुहाउनै परे सुत्नुभन्दा केही घण्टाअघि नुहाउनुस् । किनकि, राति न्यानो पानीले नुहाउनाले निद्रा पर्न अप्ठ्यारो हुन्छ ।

    ११. रेडियो सुन्ने बानीः


    –कसै गरी पनि निद्रा लागेन भने रेडियोबाट प्रसारित हुने कथाकहानी सुन्दै सुत्नुपर्छ । रेडियोको मधुर धुनले तपाईलाई निद्रा बोलाउँछ ।

    १२. गहिरो र लामोस श्वास लिनेः

    –फुर्सदमा गहिरो र लामो सास लिने गर्नाले शरीरमा अक्सिजनको इन्टेक बढ्छ । जसले गर्दा राति राम्रोसँग निदाउन सकिन्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले निद्रा लगाउन मद्दत गर्छ ।

    sleep cupple.PNG

    १३. कस्तो खान प्रयोग गर्नेः 

    निद्रा लाग्दैन भने हरेक दिन खानामा माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढी समावेश गर्ने कोसिस गर्नुपर्छ । जसले तपाईलाई निद्रा लाग्न मद्धत गर्दछ । 

    १४. पानी पिउने बानी छोड्नुस्ः 
    ननिदाउने समस्या भएकाहरूले सुत्नुअघि पानी पिउने बानी छोड्नुपर्छ । पानी पिएर सुत्दा पिसाब फेर्न उठिरहनुपर्ने भएकाले निद्रा बिथोलिन्छ ।  जसले तपाईको निद्रालाई धक्का दिईरहन्छ । 

    १५. हस्तमैथुन गर्नुः

    निद्रा लागेन भने हस्तमैथुन गर्नाले पनि राहत दिन्छ । हस्तमैथुन गर्दा दिमागमा डोपामाइन र इन्डोर्फिनजस्ता केमिकल उत्सर्जन हुन्छन्, जसले मानिसलाई आनन्दित र तनावरहित बनाई निदाउन मद्दत गर्छ ।

    १६. यौनसम्बन्ध राख्नुः 

    तपाईलाई निद्रा पर्दैन भने पार्टनरसँग यौन सम्बन्ध राख्नुस् । मज्जाले निद्रापर्दछ । –सुत्नुअघि सेक्स गर्नाले पनि मीठो निद्रा लाग्छ  यो तथ्य हो । 

     १७. रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नुहोस् । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।

    १८. उठ्ने सुत्ने बानी एउटैः 

    तपाईले सुत्ने उठ्ने बानी एकै बनाउनुस् । निद्रालाई ठीक समय दिनुपर्दछ । सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

    [ विभिन्न एजेन्सीको सहयोगमा तयार गरिएको । ]

     

    साताको लोकप्रीय