विश्वकै धनी व्यक्ति एलन मस्कको प्रेरक भनाई ‘जब म कलेजमा थिए...’ 

विश्वकै धनी व्यक्ति एलन मस्कको प्रेरक भनाई ‘जब म कलेजमा थिए...’ 

अर्थ डबली
शुक्रवार, कार्तिक २६ २०७८
अर्थ डबली
शुक्रवार, कार्तिक २६ २०७८ (अर्काइभ बाट)
  • विश्वकै धनी व्यक्ति एलन मस्कको प्रेरक भनाई ‘जब म कलेजमा थिए...’ 

    एलोन मस्क अर्थात इलोन रिभ मस्क क्यानडेली–अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । उनको जन्म जुन २८, १९७१ मा दक्षिण अफ्रिकामा भएको हो ।

    images
    images

    उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।

    टेस्ला इन्कको सुरुवाती लगानीकर्ता, सिइओ र प्रोडक्ट आर्किटेक्ट द बोरिङ कम्पनीको संस्थापक उन िन्युरालिंकको सह–संस्थापक हुन् । त्यस्तै, ओपन ए आइको सह(संस्थापक तथा सुरुवाती अध्यक्ष उनी २०१८ मा फेलो अफ रोयल सोसाइटीको रूपमा निर्वाचित भएका थिए।

    २०१८ मा उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ कोमस्ट इनोभेटिब लिडरमा पहिलो स्थान मा परेका थिए । १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए । उनी विश्वव्यापी रूपमा कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् । जनवरी २०२१ मा मस्क जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनि व्यक्ति बने।


    हेर्नुस् उनको प्रेरक भनाई 

    यदी केही महत्तवपूर्ण छ र राम्रो काम छ भने, कोही तपाईँको विरुद्धमा भए पनि तपाईले त्यसलाई गर्नु जरुरी छ । 

    असफलता एक विकल्प हो । यदि तपाईले बनाउनु भएका काम असफलता मिलेको छैन भने तपाईले धेरै कुरा खोजिरहनु भएको छैन । 

    जब म पे पालबाट बाहिरिदै थिए मैले सोचेंः ‘के राम्रो छ र त्यस्ता के समस्याहरू छन् जुन सम्भवतः मानवताको भविष्यलाई असर गर्दछ ?’ मैले यो दृष्टिकोणबाट सोच्न सकिन, ‘पैसा कमाउने उत्तम तरिका कुन हो ? मैले त्यो दृष्टिकोणबाट सोचे मानवतालाई के दिन सकिन्छ । 

    तपाई सकेसम्म उत्तम चीज बनाउनको लागि अतिरिक्त समय दिनुहोस् । यसका साथै गलत भएका सबै कुरा खोज्नुहोस् र त्यसलाई ठीक गर्नुहोस् । आफ्ना वरपरका व्यक्तिलाई सोध्नुहोस् र नकारात्मक प्रतिक्रिया खोज्नुहोस्, विशेष गरी साथीहरूबाट ।

    सबै अण्डालाई एउटा टोकरीमा राख्नु ठीक छ तर तबसम्म मात्र जबसम्म तपाईं टोकरीलाई नियन्त्रण गर्न सक्नुहुन्छ । 

    लगनशीलता धेरै महत्वपूर्ण छ । तपाईले तब हार मान्नुपर्छ जब तपाई मजबुर हुनुहुन्छ । 

    मिहिनेत बन्नुहोस्, मेरो मतलब तपाईले प्रत्येक हप्त ८० देखि १०० घण्टा काम गर्नु पर्दछ । यसले तपाईको सफलताको सम्भावना बढाउँछ । यदी बाँकी व्यक्तिहरू हप्तामा ४० घण्टा काम गरिरहेका छन् र तपाई १०० घण्टा काम गर्नुहुन्छ । तपाई पनि त्यस्तै काम गर्नुहुन्छ तर तपाईलाई थाहा छ कि ती चीजहरू प्राप्त गर्न उनीहरूलाई १ बर्ष लाग्नेछ भने तपार्यले तिनीहरुलाई केही महिनामा प्राप्त गर्न सक्नुहुन्छ । 

    तपाईलाई केही गर्न चाहानुहुन्छ भने तपाई धेरै प्रेरित र तपाईमासाहस हुनु एकदम जरुरी हुन्छ । अन्यथा, तपार्य केवल आफैँलाई दुःखी बनाउनु हुनेछ । 

    मानिसहरू तब राम्रोसँग काम गर्छन् तब उनीहरूलाई थाहा हुन्छ कि लक्ष्य के हो रमैले किन यसलाई गरिरहेको छु । 

    काम गर्नु महत्त्वपूर्ण कुरा होइन त्यसबाट आनन्द लिनु महत्त्वपूर्ण कुरा हो । 

    मेरो सबैभन्दा ठूलो गल्ती भनेको सायद कसैको प्रतिभाको सट्टा कसैको व्यक्तित्वलाई बढी महत्त्व दिनु हो । 
    साधारण चीजहरूबाट होइन असाधारण सोचबाट सोचौं र यस्तो वातावरण सिर्जना गरौं जहाँ यस्तो सोचाईलाई प्रोत्साहित गरियोस्र पुरस्कृति पनि गरियोस् । जहाँ असफल भए पनि उचित होस् । 
    धैर्य एउटा उत्तम गुण हो, जतियो राम्रो छ यसलाई सिक्न उति नै गाह्रो छ । 

    मलाई लाग्छ कि यो फिडब्याक लूप हुनु अत्यन्त महत्त्वपूर्ण छ जहाँ तपाई निरन्तर सोच्नुहुन्छ कि तपाईले के गर्नुभयो र कसरी तपाई यसलाई अझ राम्रो तरिकाले गर्न सक्नुहुन्छ भनेर । म विश्वास गर्दछ् यो एक उत्तम सल्लाह हो । निरन्तर सोच्नुहोस् कसरी तपाई अझ राम्रा कुराहरु गर्न सक्नुहुन्छ र आफैँलाई प्रश्न गर्नुहोस् । 

    मलाई लाग्छ कि पृथ्वीमा जीवन समस्या समाधान गर्नुभन्दा पनि अलि बढी केही गर्नुमा हुनु पर्दछ । 
    यदि तपाई कुनै कम्पनी निर्माण गर्ने कोशिस गर्दै हुनुहुन्छ भने, यो एक केक बनाउने जस्तो हो । तपाईले सबै सामग्रीहरूलाई मिलाएर राख्नु पर्दछ । 

    जब म कलेजमा थिएँ, म संसारमा परिवर्तन गर्ने कुराहरुमा समावेश हुन चाहान्थें र अहिले म त्यहाँ छु । 

    साताको लोकप्रीय