राजनीति र कूटनीतिका ज्ञाता चाणक्य वा कौटिल्यको जन्म इसा पूर्व ३७० तिर भएको अनुमान गरिन्छ । उनी तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए ।
उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ । मुद्रा राक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ ।
बुद्धघोषद्वारा बनाइएको विनय पिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए ।
उनको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । उनी त्यस समयका एक प्रसिद्ध विद्वान थिए । उनको जीवन निकै सरल थियो भन्ने गरिन्छ । उनी राजसी ठाँटबाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे ।
हिन्दु धर्मशास्त्रले भगवान श्रीकृष्ण इशा पूर्व ३१३८ मा यस पृथ्वीमा अवतरित भएको प्रमाणित गर्दछ । त्यही समयमा नै आर्यावर्तमा मगध हालको ९पटना०एक शक्तिशाली राज्य थियो । त्यसै समय त्यहाँ जरासन्ध राज्य गर्दथे।उनैको वंशमा एक ऐयासी महापद्मानन्द राजा हुदा उनी सुरा सुन्दरीको कुलतमा फसिरहदा युनानी राजा सिकन्दरले भारत वर्षमा आँखा लगाएकाले भारत वर्ष कसैको अधिनमा बस्नु नपरोस् भनी राज्य सल्लाहकार चणक नामका ९व्राह्मण० विद्वानले राजालाई सुझाव दिँदा चणकलाई नै मृत्युदण्ड दिइयो।
मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए । यतिका सताब्दी गुज्रिसक्दा पनि चाणक्यले बताएको सिद्धान्त र नीति प्रासंगिक छ । किनभने उनले आफ्नो गहन अध्ययन, चिन्तन र जीवानुभवबाट आर्जित अमूल्य ज्ञानलाई पूर्ण रुपमा निस्वार्थ भावले मानव कल्याणका लागि अभिव्यक्त गरेका थिए ।
चाणक्य नीति आचार्य चाणक्यको नीति अद्भूत संग्रह हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ । चाणक्य नीतिमा मित्र–भेददेखि लिएर सत्रुसम्मको पहिचान, पति९परायण तथा चरित्रहीन स्त्रीमा विभेद, राजाको कर्तव्य र जनताको अधिकार तथा वर्ण व्यवस्थाको उचित निदान वताइएको छ । महापण्डित आचार्य चाणक्याको ‘चाणक्य नीति’मा कुल सत्र अध्याय छ ।
तत्कालीन समयमा मात्रै होइन, पछिसम्म पनि महान दार्शनिक मानिएका उनै चाणक्यका विभिन्न वाणीहरु हामीले सुन्न र पढ्न पाउँछौं ।
उनै चाणक्यका महान महान बाणी यस्तो छ ?
एक पण्डित (विद्वान) पनि घोर कष्टमा पर्छन, यदि उनले मूर्खलाई उपदेश दिन्छन् ।
१. जुन व्यक्ति शास्त्रको सूत्र अभ्यास गरेर ज्ञान ग्रहण गर्छन्, उनलाई अत्यान्त वैभवशाली कर्तव्यको सिद्धान्त ज्ञात हुन्छ ।
२. मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन ।
३. मानिसले सम्भावित समस्याबाट पार पाउनका लागि धन संचय गर्नुपर्छ । उनले धन–सम्पदा त्यागेर पनि श्रीमतीको सुरक्षा गर्नुपर्छ ।
३.त्यहाँ नजानु, जहाँ तिम्रो इज्जत हुँदैन । त्यहाँ नबस्नु जहाँ तिम्रो रोजगारी छैन ।
४. झुट बोल्नु, कठोरता, छल गर्नु, मुर्खता गर्नु, लोभ गर्नु, अपवित्रता र निर्दयिता । यी मानिसको केही नैसर्गिक दुर्गुण हो ।
५. भोजनको योग्य पदार्थ र भोजन गर्ने क्षमता, पर्याप्त धनराशी र दान दिने भावना । सुन्दर श्रीमती र कामशक्ति । यस्तो संयोग हुनु सामान्य तपको फल होइन ।
६. मनमा सोचेको कुरा कसैलाई प्रकट नगरौं । बरु, मनन गरेर त्यस सोंचलाई काममा परिणत गरौं ।
७. मूर्खता दुखदायी छ, जवानी पनि दुखदायी छ । यो भन्दा पनि दुखदायी कुरा कोही अर्काको घरमा गएर उनको सहननुभूति लिनु ।
८. हरेक पर्वतमा माणिक्य हुँदैन । हरेक हात्तीको शीरमा मणी हुँदैन । हरेक वनमा चन्दनको वृक्ष हुँदैन । यसैगरी सबै ठाउँमा सज्जन पुरुष पनि हुँदैन ।
९. बुद्धिमान पिताले आफ्नो पुत्रलाई शुभ गुण सिकाउनुपर्छ । किनभने नीतिज्ञ र ज्ञानी व्यक्ति नै कुलमा पूज्य हुन्छ ।
१०. लाडप्यारले बच्चामा गलत बानीको विकास हुन्छ, उनलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुन्छ ।
११. मानिसको कुलको ख्याती उसको आचरणमा देखिन्छ ।
१२. कोइलीको सुन्दरता उनको गायनमा हुन्छ । महिलाको सुन्दरता परिवारप्रतिको समर्पणमा हुन्छ । मान्छेको सुन्दरता उनको ज्ञानमा हुन्छ । तपस्वीको सुन्दरता उनको क्षमाशीलतामा हुन्छ ।
१३. पाँच बर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राख्नुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ ।
१४. संसार एक तितो वृक्ष हो, जसको दुई फल मात्र मीठो हुन्छ, एक मधुर वाणी । दोस्रो सज्जनको संगत ।
१५. जुन व्यक्तिको पुत्र उनको नियन्त्रणमा हुन्छ, जसकी श्रीमती आज्ञा अनुसार आचरण गर्छन् र जसले आफुले कमाएको धनबाट पूर्ण सन्तुष्ट रहन्छन् । यस्ता मानिसका लागि संसार स्वर्ग समान हो ।
१६. त्यही गृहस्थी सुखी हो, जसको सन्तान उनको आज्ञा पालन गर्छ । पिताको पनि कर्तव्य हो कि उनले पुत्रलाई राम्ररी पालनपोषण गरेको होस् ।
१७. यस्ता मित्र मित्र होइनन्, जसमाथि विश्वास गर्न सकिदैन । यस्ती श्रीमती व्यर्थ हुन्, जसबाट कुनै प्रकारको सुख मिल्दैन ।
१८. जो मित्र आफ्नो अगाडि चिल्लोचाप्लो कुरा गर्छ, पींठ पछाडि नराम्रो कुरा गर्छ, त्यसलाई त्याग दिनु भलाई छ ।
१९. जुन माता पिताले आफ्ना बच्चालाई शिक्षा दिदैन, ति मातापिता बच्चाको शत्रु समान हो । किनभने विद्याहिन बालक विद्वानका माझ त्यसरी नै तिरस्कृत हुन्छन्, जसरी हाँसको वथानमा वकुला ।
२०.अत्याधिक लोभ पतनको प्रमुख कारण हो ।
२१. आफ्नो इच्छा अनुसारको नियम बनाउने शासक महान अत्याचारी हो ।
२२. धन नहुँदैमा कसैलाई निर्धन मान्न सकिँदैन ।
२३. अपमान सहेर बाँच्नुभन्दा पैतालाको धुलो राम्रो हुन्छ ।
२४. उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ ।
२५. आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोस मान्नुपर्छ ।
२६. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादै महंगो हुन्छ । त्यसले कल्पनै नगरेको बेला हमला गर्न सक्छ ।
२७. तपाई खुसी हुनु नै दुश्मनका लागि ठूलो हतियार हो ।
२८. अरुको गल्तीबाट सिक किनभने आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो हुन्छ ।
२९. कुनै पनि व्यक्ति आवश्यकभन्दा धेरै सोझो हुनु हुँदैन । किनभने सोझो रुख नै पहिला काटिन्छ ।
३०. कोहि पनि व्यक्ति कामबाट महान हुन्छ । जन्मबाट होइन ।
३१. तपाईको कुरा सुन्नेबेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन ।
३२. भुतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुँदैन । किनभने विवेकवान मानिस सँधै वर्तमानमा वर्तमानमा जित हासिल गर्छ ।
३३. सफलता प्राप्त गर्न साथीको आवश्यक पर्छ तर धेरै ठूलो सफलता पाउनको लागि राम्रो शत्रुको आवश्यक पर्छ ।