कफि खेती बीमालेख : बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने 

कफि खेती बीमालेख : बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने 

अर्थ डबली
मंगलवार, कार्तिक ३० २०७८
अर्थ डबली
मंगलवार, कार्तिक ३० २०७८ (अर्काइभ बाट)
  • कफि खेती बीमालेख : बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने 

    काठमाडौँ / बीमा समितिले उत्पादनमा आधारित कफिको खेतीको बीमालेख जारी गरेको छ । समितिले कफि खेतिमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि कफि खेती बीमालेख जारी गरेको हो । 

    images
    images

    कफी खेती बीमाले अग्निजन्य क्षति, हावाजन्य क्षति, भुमिजन्य क्षति , चट्याङजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्ने समितिले जनाएको छ । 

    बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ । 

    यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुबैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशका दरले लाग्ने व्यवस्था गरिएको छ ।

    यसैगरी, सामूहिकरूपमा वा साझेदारीरूपमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बिमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने व्यवस्था रहेको समितिले जानकारी दिएको छ । 

    बिमितले बीमा शुल्क वापत भुक्तानी गरेको रकम बीमकको बैंक खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने व्यवस्था रहेको छ । तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरि बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको समितिले जनाएको छ । 

    साताको लोकप्रीय