एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन

एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन

अर्थ डबली
बुधवार, मंसिर १ २०७८
अर्थ डबली
बुधवार, मंसिर १ २०७८ (अर्काइभ बाट)
  • एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन

    ललितपुर /  गत सोमबार हरिबोधनी एकादशीका दिन माइला नारायणका रुपमा पुजिने गरिएका विशङ्खुनारायणको करिब ३५ हजार भक्तजनले दर्शन गरेका छन् । 

    images
    images

    ष्mबनभक
    ठूलो एकादशीका दिन करिब ३५ हजार भक्तजन मेला भर्न नारायणथान आएका विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । 

     उन्ले भने, “यस मन्दिरमा आज बिहान पनि दर्जनौं दर्शनार्थी भक्तपुरबाट नारायणको आराधना गर्न यहाँ आएका थिए । आउँदो शुक्रबार पूर्णिमाका दिनसम्म पनि मन्दिरमा भक्तजन आउनेजाने क्रम जारी रहनेछ ।” 

    मुलुुकमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएकाले एकादशीका दिन लगभग एक सय महिलाले मन्दिरमा जाग्राम बसी नारायणको नाममा बत्तीसमेत बालेका अध्यक्ष विष्टले जानकारी दिए। 

     मन्दिर आसपास क्षेत्रका सडकको खाल्डाखुल्डी मर्मत तथा सुधार गरेकाले बजारबाटसमेत बाजा बजाएर भक्तजन नारायणको दर्शन गर्न आएका विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले बताए। 

     उन्ले भने, “यस दिन विभिन्न क्षेत्रबाट आउने भक्तजनका कारण नारायणथानको महिमा झनै दर्शिएको थियो ।” 

    गोदावरी नगरपालिका–२ मा पर्ने चार नारायणमध्येका एक विशङ्खुनारायण मन्दिर ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो ।
     
      सो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहनाका साथै लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । विशङ्खु नारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी अवलोकन र भ्रमण  गर्न आउने गरेका सचिव सुवेदीको भनाइ छ । 

     स्थानीयवासी सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्टदेवताको रुपमा पुज्ने गर्छन् । 

     विशङ्खुनारायणको नित्य पूजा हालसम्म कहिले पनि नरोकिएको र त्यहाँका पूजारी परिवारलाई जुठो र सुत्केरी पर्दा अन्य थरका ब्राह्मण बोलाएर गरिने चलन रहेको स्थानीयवासीको धारणा छ ।  

     नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको स्थानीयवासी पुरुषोतम विष्टले बताए ।

      उन्ले भने, “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौं दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् ।” 

     हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए । 

     हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गर्ने परम्परा नेपालमा रहिआएको छ ।

      प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउने गरेको कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताए । 

     सदियाँैदेखि नारायणको मन्दिरमा बिहान पूजासँगै साँझ आरती गर्दा प्रिय बाजा नगरा बजाउने चलन रहिआएको छ । 

     विशङ्खुनारायण मेलामा मुलुकका ७७ जिल्लाका मानिस भ्रमण गर्न आउने भएकाले विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी तथा अन्य फलफूल खुबै बिक्री वितरण गरिने तयारी भइरहेको प्रमिला विष्टले बताउनुभयो । 

     विशङ्खुनारशायण थानको ककारोभित्र शालिकरामसमेत राखेर पूजाआजा गर्ने गरिन्छ ।

      सो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै पाप र धर्मद्वारको नामले परिचित एक गुफा समेत रहेको छ ।

      सिलवाल र विष्टको बाहुल्यता रहेको विशङ्खुनारायण थानमा लगभग छ हजार ८०० जनसङ्ख्या रहनाका साथै झण्डै एक हजार २०० घरधुरी रहेका छन् ।

     भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीय ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उन्ले भने, “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।” 

     सो नारायणको दर्शन गर्न मन्दिरको ९३ सिँढी चढेर माथि चढ्नुपर्ने हुन्छ । कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ । 

     प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ ।  हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूलमाला, फलफूल बस्त्र र रङ लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा आज पनि उत्तिकै व्यापक रहेको छ । 

     मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने गरेको समितिले जनाएको छ । 

    साताको लोकप्रीय