टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन–इभी नेपाली बजारमा, कति तोकियो मूल्य ?

टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन–इभी नेपाली बजारमा, कति तोकियो मूल्य ?

अर्थ डबली
बुधवार, साउन १३ २०७८
अर्थ डबली
बुधवार, साउन १३ २०७८ (अर्काइभ बाट)
  • टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन–इभी नेपाली बजारमा, कति तोकियो मूल्य ?

    काठमाडौँ / टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन-ईभी नेपाली बजारमा ल्याएको छ । 

    images
    images

    कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गरी नेपाली बजारमा सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।

    विशेषता 

    टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । 

    यसैगरी एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने कम्पनीको दाबी छ । 

    कम्पनीका अनुसार सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन-ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्सहरुमा निर्माण गरिएको छ । 

    tata nexsion news.JPG

    सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

    भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हाल सम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभीे सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।

    मूल्य र उपलब्धता 

    २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । 

    यसैगरी, मिडियम भेरिएन्टको एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महङ्गो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    साताको लोकप्रीय